“म जापान आएको ५ वर्ष भन्दा धेरै भयो । म संग 日本語(जापानी भाषा) पढेको सथिहरु केहिले सेनमोन(専門学校) गाक्को पढे भने म र मसंगै केहि साथीहरु दाईगाकु(大学) पढ्यौँ । दाईगाकुमा पनि गएको सबै साथिहरु अन्तिम सम्म पुग्न सकेनन कसैले बिचैमा पढन नसकेर भागे म जसो/तसो कक्षाहरु लिदै निरन्तर गाक्को गएँ। केही वर्ष पछि सेन्मन पढेको साथिहरु स्युस्योकु(就職) भएर कम्पनी गए,विबाह गरे श्रीमती लिएर आए र संगै काम गरे मिहेनत गरे, पारिवारीक माहोल बनाए र जापानमै जमे ।उनिहरुले मलाई गिज्याईरहे अझै पढ्दै ? म चुप चाप यस्तै छ मेरो भन्दै आफ्नो पढाइ लाई निरन्तरता दिए ।

त्यो आनन्दको जिन्दगी देख्दा कति खेर त होइन सेनमोन पढेको भए यतिबेला सायद स्योचुग्यो(卒業)भएर,वर्किङमा भिसा चेन्ज गरेर परिवार सङ पो हुन्थिए कि ?यस्तो सोच मलाई नआएको पनि होइन वास्तबमै आएको हो ।

वास्तवमा भन्ने हो भने नेपालमा विद्यालय जादा जाँदै पैसा कमाउन विदेश गएको साथि र नेपालमा विद्यालय गैरहेको साथिको जस्तै जिन्दगी छ जापानमा सेनमोन र दाईगाकु पढ्नेहरुको ।

सेन्मोन पढेकोले दाईगाकु गएकालाई तेरो ठिक छ मस्त छ भन्ने ,अनि सेनमोन गएकाले हाम्रो त बेहाल छ भन्ने अनि फेरि
दाईगाक्को गएकोले सेन्मन सकाएकोलाई अहो ! जिन्दगी उतै सेन्मन तिरै रमाईलो रहेछ भन्ने ! यस्तै यस्तै दोधारे सोचमा दोधारेपन बनाएरै ५ वर्ष बितेछ । अहिले मेरो दाईगाकुको पढाइ सकियो । मेरो रहर र चाहाना संग मिल्ने कम्पनीमा स्युस्योकु पनी भएँ ।

अहिले दाईगाकु गरेको ब्यक्तिको सेवा सुबिधा, सेन्मन गाक्को सोचुग्योको तुलनाको सुबिधा भन्दा अति धेरै राम्रो पाएको छु ।
साथिहरुलाई म आफुसँग तुलना गर्दा धेरै फरक भेट्छु उनिहरु पनि आफुलाई अबस्य फरक भेट्छन । किन कि मेहनतको फल फरक स्वादको हुन्छ, जस्लाई चाख्ने मौका जो कोहिले पाउदैन । अझै अर्को कुरा सेन्मोन गाक्को पढ्नेको अरु देशमा कुनै मूल्यांकन हुँदैन तर दाईगाकु सकाउनेलाई अरुदेशमी पनि उच्च मूल्याङ्कन हुने पूर्ण ग्यारेन्टि छ ।

पहिले जे जस्तो भए पनि अहिले म खुसी र सन्तुष्ट छु यहि नै मेरो जापानको कथा हो भाइ ! “

यो माथिको प्रसंग मैले म के पढौ भनेर सोध्दा मेरो चिनजानको अग्रज दाईले सुनाउनु भएको हो । जुन कहानीले मलाई अनेकौं कुराहरू सोच्न बाध्य बनायो । नेपाल बाटै दाईगाकु जाने राम्रो पढ्ने भनेर विदेशीएको म नेपाली विद्यार्थी, पढाईको बारेमा धेरै संग बुझ्ने मौका पाए र अझै बुझ्दै छु सबैको भनाई अनुसार आआफ्नो ठाउँमा सबैको विषय उत्तिकै महत्वपूर्ण छ ।

मैले कुनै राम्रो कुनै नराम्रो भनेर भन्न खोजेको होइन । सुझाव, प्रतिक्रिया, परामर्श आफू भन्दा अग्रजहरुसंग लिने हो के पढ्ने ? काहा जाने? त्यो निर्णय स्वयं आफूले गर्ने हो । त्यसैले यो,सबै 日本語(जापानी भाषा) पढ्दै गर्नुभएका साथीहरुलाई आफूलाई सुहाउने, आफूले सक्ने, पछि पछुतो नलगाउने 学校(विद्यालय) र विषय रोजेर अध्ययन गर्न मेरो सानो वास्तविक कहानी सहित सुझाव हो ।

अलिक समय मेहनत गर्छु,थप जापानी भाषा र जापानको पढाईको अनुभव र माथिल्लो शैक्षिक डिग्री लिन्छु भन्नेहरुका लागि 大学 को पढाई उपयुक्त हुनसक्छ भने पढाईलाई चाँडै टुङ्ग्याएर जागिर खान चाहनेहरुका लागि 専門学校 जानु उपयुक्त हुनसक्छ। त्यसो त जापानमा राम्रोसंग अध्ययन गरे,जापानी भाषा राम्रोसंग बोल्न तथा पढ्न सक्ने हुनसकेमा सबैले राम्रो अवसर प्राप्त गर्न सक्छन् र गरिरहेका छन् ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार