टोकियो/जापान। बिजुलीको मूल्य बढ्ने क्रम जारी रहँदा अर्थ, वाणिज्य तथा उद्योग मन्त्रालयले आगामी महिनाको प्रयोगबाट नवीकरणीय ऊर्जाको प्रसारका लागि विद्युत शुल्कमा थपिने “नवीकरणीय ऊर्जा अधिभार” घटाउने घोषणा गरेको छ। यो प्रणाली लागू भएपछि पहिलो कटौती हो, र औसत घरपरिवारको लागि प्रति महिना ८२० येनले बोझ घटाइनेछ।
जापानमा,नवीकरणीय ऊर्जाको प्रसारको लागि उत्पादन गरिएको बिजुली प्रमुख विद्युत कम्पनीले निश्चित समयको लागि निश्चित मूल्यमा खरिद गर्ने गर्दछ, र उक्त लागतलाई “नवीकरणीय ऊर्जा उत्पादन प्रवर्द्धन लेभी” को रूपमा तिरिन्छ,जसलाई तपाई हामीले तिर्ने बिलमा “नवीकरणीय ऊर्जा शुल्क” भनेर मासिकरुपमा अतिरिक्त शुल्क जोडिएको हुन्छ।

अर्थ, व्यापार र उद्योग मन्त्रालयले आज २४ तारिख घोषणा गरे अनुसार यसले मे महिनामा जारी हुने अर्को महिनाको बिलमा १.४ येन प्रति किलोवाट शुल्क घटाईनेछ,यो अहिलेको कायम रहेको शुल्कको तुलनामा २ येन भन्दा बढि कमी हुनेछ।
आर्थिक वर्ष सन २०१२ मा हालको प्रणाली लागू भएपछि यो पहिलो कटौती हो । यस कटौतीले प्रतिमहिना प्रति घरपरिवार औसत ८२० येन शुल्क कमि हुनेछ।
रुसले युक्रेनमा आक्रमण गरेपछि नवीकरणीय ऊर्जाको बिजुली पहिलेको तुलनामा महँगो भएको अर्थ, व्यापार तथा उद्योग मन्त्रालयले जनाएको छ ।मन्त्रिपरिषद्को आज बसेको बैठकपछि पत्रकार सम्मेलन गर्दै अर्थ, व्यापार तथा उद्योगमन्त्री निशिमुराले भने, ‘कानूनमा तोकिएको गणना विधिअनुसार लेभीको एकाइ मूल्य तोक्ने निर्णय गरेको हो,’ यसले उपभोक्ताहरुलाई केहि आर्थिक भार कम गर्नेछ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




