टोकियो/जापान। चिनियाँ कम्पनीद्वारा सञ्चालित, अत्यन्तै धेरै लोकप्रिय बन्दै गएको भिडियो पोस्टिङ एप ‘टिक टक’ ले अभिभावकको सहमतिविना बालबालिकाको व्यक्तिगत जानकारी प्रयोग गरेको भन्दै टिकटकलाई,बेलायती सूचना सुपरिवेक्षण विभागले २ अर्ब १० करोड येन बराबर जरिवाना दावी गरेको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले खबर प्रकाशन गरेका छन् ।

बेलायतमा व्यक्तिगत जानकारीको संरक्षण गर्ने अधिकार क्षेत्र रहेको सूचना सुपरिवेक्षण विभागका अनुसार, बेलायती कानूनले कम्पनीहरूले बालबालिकाको व्यक्तिगत जानकारी प्रयोग गर्दा अभिभावकको सहमति लिनुपर्ने प्रावधान राखेको छ, तर टिकटकले सन २०१८ देखि २ वर्षसम्म,अभिभावकहरुको सहमतिनै नलिइकन बालबालिकाहरुको व्यक्तिगत जानकारी प्रयोग गरेको पाईएको उल्लेख गरिएको छ ।

बालबालिकाहरुलाई टिकटकमा एकाउन्ट खोल्न नियमले नदिने भएपनि,त्यस नियमको वेवास्था गर्दै टिकटकले १३ वर्ष मुनिका लगभग १४ लाख बालबालिकालाई ३ वर्षसम्म सेवा दिएको अनुमान गरिएको छ। यसै कारण, सूचना सुपरिवेक्षण विभागले टिकटकलाई २ अर्ब १० करोड येन बराबर जरिवाना तोकिदिएको हो ।

यसबारेमा,टिकटकका प्रवक्ताले भने- “हामीले १३ वर्षभन्दा कम उमेरकाहरुको प्रयोग रोक्न धेरै लगानी गरेका छौं र ४० हजार मानिसहरूको टोली सुरक्षा सुनिश्चित गर्न चौबीसै घण्टा काम गरिरहेका छौं। हामी यसभन्दा पछिका व्यवस्थापन बारेमा विचार गरिरहेका छौं ।”

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार