किवानिस क्लव चिवा र नेपाल आदिवासी जनजाति महासंघ(नेफिन)जापानको संयुक्त सहकार्यमा मगर जातिहरुको बारेमा संक्षिप्त जानकारी गराईएको छ।

गत सालको जूलाई महिनामा तय भएको कार्यक्रममा मगरहरूको पहिचान,कला र भेषभुषा र ईतिहासको बारेमा जापानी नागरिक, सांसद र जापानी पत्रकारहरुबिच जानकारी गराईएको हो ।यस अघि किरात राइ जातीको बारे चिनारी कार्यक्रम गरिएको थियो।

भविश्यमा अरु जातीहरुको चिनारी कार्यक्रमहरु पनि क्रमश गर्दै जाने योजना रहेको नेफिन जापानका उपाध्यक्ष शिशिर निङलेकु लिम्बुले जानकारी दिए ।

नेपाल, भूगोलमा सानो भए पनि कला र संस्कृतिले विशाल छ भनेर जापानीहरुलाई जानकारी गराउँदा जापानी नागरिकहरु अचम्म मान्दै नेपाल बारे थप अध्ययन गर्ने बताएको कार्यक्रम मा उपस्थित नेफिन जापानका निवर्तमान अध्यक्ष सन्जिब राइ ले जानकारी दिए ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार