टोकियो/जापान। गैरआवासीय नेपाली संघ जापान क्षेत्रीय समिति नागोयाका संयोजक मनोज बम मल्लको सयोजकत्वमा चितवानको चेपाङ संरक्षण केन्द्रमा आश्रय लिएर शिक्षार्जन गरिरहेका चेपाङ बालबालिकाको खाधान्न तथा स्टेशनरी सहयोगार्थ (१० मान येन) करिब १ लाख नेपाली रुपैंया बराबरको सहयोग जुटाईएको छ।

जापानमा रहेर पारदर्शी ढंगबाट सहयोग संकलन गर्दै चेपाङ बालबालिकाको शिक्षा सेवामा ठूलो योगदान पुर्याउँदै आएका अभियन्ता दीपकबाबु नेपालको पहलमा,एनआरएनए जापान नागोया क्षेत्रीय संयोजकतो नेतृत्वमा सो रकम संकलन भएको हो । चेपाङ बालबालिकाहरुको शिक्षाको लागि प्राप्त भएको यो सहयोगकी लागि अभियन्ता नेपालले,संयोजक मल्ल लगायतत सबै कार्यसमिति एवं सहयोगदाताहरु प्रति आभार प्रकट गरेका छन् ।

साथै,निकै कठिन् अवस्थामा पनि निरन्तर सहयोग प्राप्त भईरहेको र अझ यसरी एक मुस्ट आर्थिक सहयोग पाउँदा चेपाङ संरक्षण केन्द्रले सम्पुर्ण सहयोगदाताहरुप्रति हार्दिक धन्यवाद व्यक्त गरेको छ ।

उसहयोग संकलन गर्न,एनआरएनए जापान क्षेत्रीय समितिका सम्पुर्ण पदाधिकारीहरुले अत्यन्तै महत्वपूर्ण भूमिका खेलेको भन्दै अभियन्ता नेपालले भने-“उहाँहरु सबैप्रति हृदयदेखि नै आभारी छु। उहाँहरुको यो सहयोगले बालबालिका खाद्यान्न तथा अध्ययन सामग्रीहरु खरिदमा ठूलो सहयोग पुग्नेछ।

नेपालको सो अभियान एनआरएनए जापान केन्द्रिय समितिले समेत केहि दिन अघि १ लाख नेपाली रुपैँया,चेपाङ संरक्षण केन्द्रमै पुगेर हस्तान्तरण गरेको थियो ।

उक्त सहयोग संकलन गर्न भूमिका खेल्नुहुने संयोजकमनोज बम मल्ल

उपसंयोजकभेषनाथ गौतम

उपसंयोजकयोमन देवान

उपसंयोजककुशल पौडेल

सचिव  विष्णु बहादुर कार्की

सहसचिबनिलम राउत

सहसचिबप्रवन पान्डे

  कोषाध्यक्षयम बाहादुर पाइजा

सहकोषाध्यक्ष  सरोज बडाल

   सदस्यहरु  :-

मित्र  लाल सिग्देल

प्रतिक कार्कि

रमेश श्रेष्ठ

सुजन कार्कि

रुपेश चोचाङि पुन

  भानु भक्त पुरि

  इशोर बस्नेत

  सागर थापा बगाले

  अर्जुन प्रसाद खनाल

विब्लब श्रेष्ठ

इशान श्रेष्ठ

  मनोज ढुङना

दुर्गेश गिरि

    राजेश अधिकारि


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार