टोकियो/जापान। जापानको टोकियोमा प्रथम एनआरएनए रनिङ कप पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । ‘राष्ट्रको लागि खेलकुद, स्वास्थ्यको लागि खेलकुद’ भन्ने मूल नाराका साथ नेपालको राष्ट्रिय खेल भलिबललाई विदेशमा पनि प्रवर्द्धन गर्ने मूल उद्देश्य सहित ‘प्रथम एनआरएनए रनिङ कप भलिबल प्रतियोगिता २०२३’ हुने भएको हो ।
एनआरएनए जापानले विदेशमा खेलकुदको माध्यमले भाइचारासमेत बढाउने हुँदा प्रतियोगिता आयोजना गर्न लागेको एनआरएनए जापानले जनाएको छ ।खेल सिन्जुकु स्थित कस्मिक सेन्टरमा आयोजना हुनेछ। प्रतियोगिताको कार्यक्रम संयोजक जिम्मा एनआरएनए जापानका केन्द्रीय समिति सदस्य रामबहादुर थापा (काजी) दिइएको छ ।
प्रतियोगितामा बिजेता टिमले ३ लाख ५३ हजार ५३५ जापानीज येन, मेडल ,प्रमाणपत्र र उप-बिजेता टिमले २ लाख २५ हजार ५२५ जापानीज येन , मेडल , प्रमाणपत्र प्राप्त गर्नुका साथै खेलमा बेस्ट प्लेयर, बेस्ट स्पाइकर, बेस्ट सेटर, बेस्ट क्युकर, बेस्ट डिफेन्डर र बेष्ट कोच गरि ६ वटा बिधामा उत्कृष्ट छनौट गरि पुरस्कार बितरण गरिने जानकारी गराएको छ।
प्रतियोगितामा सहभागी हुनका लागि दर्ता शुल्क ४०,००० जापानी येन निर्धारण गरिएको र प्रतियोगिता बिहान ९ बजेबाट बेलुकी ६ बजे सम्म संचालन हुनेछ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




