जापान/ओसाका । नेपाली राजदुतावास जापान टोकियो, गैरआवासीय नेपाली संघ (एनआरएनए) जापान तथा विभिन्न संघ-संस्थाको सहयोगमा सम्बन्धित क्षत्रिय समितीहरुको व्यवस्थापन सहित आयोजना भएको घुम्ति सेवा शिविर जापानको ओसाकामा सम्पन्न भयको छ ।
शिविर बैशाख १६-१९ गते (अप्रील २९, ३० र मे १ र २ तारीख) सम्म चारदिन ओसाकामा संचालन भएको थियो । शिविरबाट पाँच सय तेईस जनाले सेवा प्राप्त गर्नु भयको थियो भने यो शिविरबाट राज्यलाई करिब १ करोडको हाराहारिमा राजस्व संकलन भएको दूतावासले जानकारी दिएको छ । सेवा लिन टोकियो जादाआउँदा व्यहोर्नुपर्ने झन्झटबाट मुक्त हुँदा सेवाग्राहिहरुको झन्डै २ करोड २० लाखको हाराहारिमा रकम जोगिएको छ एनआरएका पुर्व सल्लाहकार नरेन्द्र बस्नेतले बताए ।
कान्साईमा दोश्रो पटक र जापान व्यापी रुपमा पहिलो पटक भएको यो घुम्ती सिविरले जनहितको लागि सेवा पुर्याएको र अनुकरणिय भएको भन्दै आगामी दिनमा पनि यस्ता खाले कार्य गर्न दूतावासलाई बस्नेतले आग्रह गरे । शिविरको,जापानका लागि नेपाली राजदुत डाक्टर दुर्गा बहादुर सुबेदिले उद्घाटन गरेका थिए।
घुम्ती शिविरमा राहदानी नविकरण, जापानमा जन्मिएका बच्चालाई पहिलो पटक राहादनी बनाउन, अधिकृत वारेसनामा प्रमाणीकरण, राष्ट्रियता प्रमाणीकरण गर्न, सवारी चालक अनुमतिपत्र प्रमाणीकरण तथा अन्य प्रमाणीकरण( जन्मदर्ता, अविवाहित, नाता सम्बन्ध ) गर्ने यात्रा अनुमति पत्र लगायतका अन्य परामर्श सेवा संचालन गरेको थियो । जापान भरिनै यस्ता सेवा प्रवाह गर्न दूतावासको सहयोगमा सधै यस्ता कार्यक्रम गरिरहने एनआरएनए जापानका अध्यक्ष शिवप्रसाद पौडेलले बताए ।
घुम्ती शिविर साईतामा, गुन्मा, नागोया फुकुओका, इबाराकीमा सम्पन्न गरि सकेको एनाआरएनएका क्षेत्रीय समन्वय समिती संयोजक तथा उपाध्यक्ष रामकृष्ण श्रेष्ठले जानकारी दिए । कार्यक्रममा एनाआरएनएका वरिष्ठ उपाध्यक्ष नवीन निउरे, उपाध्यक्षहरु महेश कुमार कटुवाल, सगिता अधिकारी, महासचिव शिद्धार्थ श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




