टोकियो/जापान। अमेरिकी राष्ट्रपति जो बाइडेनले आउँदो बिहीबार जापानको हिरोशिमामा प्रधानमन्त्री फुमिओ किशिदासँग वार्ता गर्ने ह्वाइट हाउसले बताएको छ।

यहि मे १९ देखि २१ सम्म हुने G7 हिरोशिमा शिखर सम्मेलन अघि दुई नेताहरूले प्रमुख मुद्दाहरूमा आफ्नो राय समन्वय गर्नका लागि यो वार्ता आयोजना गरिएको अनुमान गरिएको छ।
ह्वाइट हाउसका अनुसार बाइडेन बुधबार वासिङ्टनबाट जापान प्रस्थान गरि बिहीबार हिरोसिमा पुग्ने कार्यक्रम तय भएको छ।

G7 शिखर सम्मेलनमा, युक्रेनमाथि रूसको आक्रमण र चीनको बढ्दो वर्चस्ववादी कार्यहरूको प्रतिक्रिया मुख्य एजेन्डाहरु हुनेछन् । बाईडेन र किशिदाले अमेरिका-जापान गठबन्धनको शसक्तता पुष्टि गर्ने र G7 शिखर सम्मेलनमा एकताबद्ध रूपमा छलफलको नेतृत्व गर्ने आफ्नो प्रतिबद्धता प्रदर्शन गर्ने अपेक्षा गरिएको छ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार