टोकियो/जापान। उत्तर कोरियाले जापानी क्रिप्टोकरेन्सी सम्पत्तिहरूलाई लक्षित गरि साइबर आक्रमणहरू गरिरहेको समाचारहरुमा जनाईएको छ।

एक बेलायती संस्थाको अनुसार,उत्तर कोरियासँग सम्बद्ध ह्याकर समूहहरूले सन २०१७ यता जापानबाट ७२१ मिलियन डलर चोरिसकेका छन् ।त्यो रकम विश्वभरि हुने कुल क्षतिको ३० प्रतिशत बराबर भएको पनि बताईएको छ।

प्योङयाङले आफ्नो मिसाइल कार्यक्रमको लागि प्रयोग गर्ने विदेशी मुद्रा प्राप्त गर्न अन्य देशको क्रिप्टो सम्पत्तिलाई लक्षित गरेको विश्वास गरिन्छ। यसले एसियाको सुरक्षालाई खतरामा पार्न सक्ने आँकलनहरु सार्वजनिक भएका छन् ।

निक्केइ आर्थिक दैनिकको तर्फबाट विश्लेषण सञ्चालन गर्ने एलेप्टिक सँग क्रिप्टोकरेन्सीको कारोबार हुने ब्लकचेनमा पैसा ट्रान्सफर ट्र्याक गर्ने र पहिचान गर्ने प्रविधि रहेको सोहि मार्फत यस कुराको खुलासा भएको खबरमा उल्लेख गरिएको छ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार