टोकियो/जापान। जापान भ्रमणमा रहेकी गैरआवासीय नेपाली संघ (एनआरएनए)केन्द्रिय अध्यक्ष रबिना थापालाई एनआरएनए जापान तथा कास्की पोखरा समाज जापानले एक कार्यक्रम आयोजना गरि स्वागत तथा भेटघाट गरेको छ।
जापानका लागि नेपाली राजदुत दुर्गा बहादुर सुबेदीको प्रमुख आतिथ्यता र एनआरएनए जापानका अध्यक्ष शिव प्रसाद पौडेलको अध्यक्षतामा आयोजित एक कार्यक्रमका बीच एनआरएनए केद्रीय अध्यक्षलाइ स्वागत तथा भेटघाट गरिएको हो ।
कार्यक्रममा एनआरएन जापानका अध्यक्ष तथा कास्कीपोखरा समाज जापानका पूर्व अध्यक्ष शिव प्रसाद पौडेल, समाजका पूर्व अध्यक्ष बिकाश श्रेष्ठ, जापान व्यबसायी संघका अध्यक्ष बिजेश थकाली, कलाकार इश्वर गुरुङ सहित अन्य जापानका नेपाली समूदायका लब्ध प्रतिष्ठित ब्यक्तिहरुको उपस्थिति रहेको थियो ।
कास्की पोखरा समाज जापानका प्रवक्ता कृष्ण अधिकारीका अनुसार सोहि स्वागत कार्यक्रमको अवसरमा,समाजले एनआरएनएले बनाउदै गरेको पोखरा महेन्द्रपुल नजिक ‘बगैचा र शौचालय’ निर्माणमा आर्थिक सहयोग समेत गरेको छ । सम्पूर्ण कस्केलीहरुको तर्फबाट कास्की पोखरा समाज जापानका अध्यक्ष सन्देश अधिकारीले १ लाख रुपैया हस्तान्तरण समेत गरेका हुन्। गैरआवासीय नेपाली संघले कास्कीमा निर्माण गर्ने कार्यमा कास्की पोखरा समाजले हातेमालो गर्न पाउदा गौरबको अनुभति भएको अध्यक्ष अधिकारीले बताए ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




