हामीमा कुनै न कुनै किसिमको क्षमता तथा रुचिको विषय रहेको हुन्छ तर हामीले आफ्नो व्यस्तता तथा समय अभावको कारणले गर्दा अघि बढाउन सकिरहेका हुदैनौँ।

यसैगरी पछिल्लो समय जापानमा पनि +२ पास गरेर आउने नेपाली विद्यार्थीहरुको संख्या ह्वात्तै बढेको छ। देशमा उच्च शिक्षा सकेपछि पनि रोजगार पाउन धौ धौ हुने साथै पाएपनि सोचे जस्तो काम र तलब नहुनाले आजभोलि अधिकांश भाईबहिनीहरु विदेश अध्ययनतिर नै पलायन हुने गरेको देखिन्छ। तर केहि भाईबहिनीहरु जापान आउनु अघि यहाँको अध्ययनको क्षेत्र र अवस्था बारेमा राम्रोसँग नबुझेर आउने गरेको पनि पाईन्छ त्यसैले आफ्नो रुचि भन्दा फरक क्षेत्रमा अध्ययन गर्नुपर्ने बाध्यता पनि हुनसक्दछ। विद्यार्थी जीवन जुनसुकै देशमा गएपनि हामीले सोचेभन्दा केहि कठिन र सङ्घर्ष पुर्ण हुन्छ नै त्यसैमाथि चर्को कलेज शुल्क, महङ्गो घरभाडा लगायत अन्य दैनिकी खर्चहरु पनि बढि हुने गर्दछ। विद्यार्थी जीवन सुनौलो भविष्यको लागि लम्किरहेको पाइला हुनाले हामीले केहि सङ्घर्ष गरेर नै धैर्यताका साथ बढ्न जरुरी हुन्छ।

सबै कुराहरु हामीले सोचेको र चाहेजस्तै नहुन सक्दछन तरपनि हामीमा कुनै पनि कार्य तथा क्षेत्रप्रति तीब्र इच्छा शक्ति र चाहाना भयो भने विभिन्न परिस्थितिको बाबुजुद पनि अघि बढ्न सकिन्छ। यस्तै पछिल्लो समय जापानमा पनि विद्यार्थीहरुको बढ्दो संख्या सङ्गै केहि ब्यक्तिहरुमा फरक तथा छुट्टै किसिमको क्षमता भएको हुनसक्दछ त्यसैले आफुमा भएको इच्छा तथा क्षमतालाई गाक्कोउ सङ्ग सहकार्य गरेर तथा जापानमा रहेका विभिन्न सामाजिक संस्थाहरु तथा अग्रज व्यक्तिहरुसङ्ग सहकार्य गरेर पनि अघि बढ्न सकिन्छ। समय अभाव तथा उक्त क्षेत्रको सम्बन्धित ब्यक्तिहरुसङ्ग शेयर गर्ने माध्यमको अभावले गर्दा पनि केहि ब्यक्तिहरु ओझेलमा परेका हुन्छन। पछिल्लो समय जापानमा विभिन्न सामाजिक संस्थाहरुको सहकार्य मार्फत विद्यार्थीहरुलाई लक्षित गरेर जापानीज भाषामा वक्तृत्व कला , साहित्य क्षेत्रतर्फ कविता कार्यक्रम , खेलकुद अन्तरगत भलिवल, फुटवल र कृकेट प्रतियोगिता तथा लोकसङ्गितलाई मध्यनजर गर्दै विभिन्न कार्यक्रमहरु पनि आयोजना भईरहेका हुन्छन। तर हामीले आफ्नो समय अभाव तथा आर्थिक समस्याको कारण पनि कतिपय अवसरहरुलाई गुमाइरहेका हुन्छौँ। हामीले आफुलाई मन पर्ने क्षेत्र तथा अन्य विषयको सिकाई सङ्गै आफुमा थप क्षमता वृद्धि गर्न सकियो भने अघि बढ्न थप सहयोग पुग्दछ।

जापानमा भाषा अध्ययन सकेर दाईगाकु तथा सेनमोन गाक्कोउ प्रवेश गर्ने समयमा पनि आफुलाई मन पर्ने तथा रुचिको विषय छनोट गरेर अध्ययन गर्न सकिन्छ यदपी भाषाको तह भने राम्रो हुनुपर्दछ । विशेषगरी कम्प्युटर तिर राम्रो ज्ञान छ भने IT क्षेत्रतिर अध्ययन गर्न सकिन्छ त्यसैगरी नयाँ नयाँ व्यक्तिहरुसँग कम्युनिकेशन तथा सेवाग्राहि तर्फ रुचि छ भने होटल तिर स्युउस्योकु गर्न सकिन्छ साथै यि विषयहरु लगायत आफुलाई रुचि भएको अन्य क्षेत्रसङ्ग सम्बन्धित विषयहरुमा पनि अध्ययन गर्न सकिन्छ। सेनमोन तथा दाईगाकु अध्ययन सङ्गै सोहि क्षेत्रमा राम्रो अध्ययन गरेर भाषालाई पनि राम्रोसँग सुधार गर्न सकियो भने अध्ययन सकेर कम्पनी पाउन कुनै समस्या हुदैँन। विशेषगरी निहोङ्गो गाक्कोउ पढ्दै गर्दा कम्तिमा JLPT परिक्षा अन्तरगत N3 पास गर्न सकियो भने सेनमोन तथा दाइगाकु प्रवेशमा सहज हुन्छ यसैगरी स्युउस्योकु गर्ने समय सम्म कम्तिमा N2 पास गर्न सकियो भने थप सहज हुन्छ साथै सकिन्छ भने अङ्रेजी भाषा अन्तरगत TOET,IELTS पास गरियो भने पनि थप सहज हुन सक्दछ। कुनै कुनै कम्पनीहरुले ड्राइभिङ लाइसेन्स भएको व्यक्ति खोज्ने हुनाले लाइसेन्स निकाल्न सकियो भने थप सहगोग पुग्न सक्दछ।

विशेषगरी पछिल्लो समय जापानमा २८ घण्टा भन्दा बढि काम गर्ने विद्यार्थीहरुको लागि भिषा नविकरण गर्दा रद्ध हुने सम्भावना अत्याधिक भएको कारण पनि संयमित भएर तोकिएको समय परिधि भित्र रहि नियमलाई पालना गरी अघि बढ्न निकै जरुरी रहेको देखिन्छ्।त्यसैले पनि सुरुमा आफ्नो अध्ययनलाई प्राथमिकतामा राखेर अघि बढ्नुपर्ने हुन्छ तर कतिपय भाईबहिनीहरु आफुसँग समय हुदाँहुदैँ पनि मोबाईलमै अत्याधिक समय खर्च गर्ने, अनलाइन गेम खेल्ने,गाक्कोउ जादाँपनि आफ्नो पढाई भन्दा बढि मोबाईल चलाउने , कक्षाकोठामै सुतिदिने जस्ता प्रवृत्ति पनि बढेको सुनिन्छ त्यसैले यस्ता किसिमका व्यवहारलाई परिवर्तन गरि आफुमा भएको रुचि तथा क्षमतालाई पहिचान गरि अघि बढ्न सकियो भने जापानको बसाई थप सहजताका साथसाथै खुशिसाथ बिताउन सकिन्छ।

(नेपालको सत्यवती-२, चेहेमी, गुल्मी स्थायी घर भएका मोहन कुवर,झण्डै १ दशकदेखि जापानमा छन् । जापानमा अध्ययन पश्चात हाल जागिरे जीवनमा व्यस्त मोहन कुवर पछिल्लो २ वर्षयता नेपालन्युजपोस्टडटकममा नियमित,जानकारी मुलक लेखहरु लेख्दै आएका छन् ।हाल जापानको ओसाकामा बस्ने कुवरलाई सामाजिक संजाल फेसबुकमा Mohan Kunwar नामबाट भेट्न सकिनेछ।)

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार