टोकियो/जापान। गत मार्च महिनादेखि जापानको ओसाकाबाट हराईरहेकी नेपाली युवती आरती खनालको हुनसक्ने भनिएको (समुद्रमा भेटिएको शनाखत हुन नसकेको)शवको डिएनए परिक्षण रिपोर्ट आएको बताईएको छ।
यस घटनालाई सुरुवातदेखिनै प्रहरी र परिवार बिचको समन्वय गरिरहेकी एनआरएनए जापानकी उपाध्यक्ष संगिता अधिकारी सुवेदीले दिएको जानकारी अनुसार,प्रहरीले डिएनए परिक्षणको रिपोर्ट आएको बताएको हो। जापानमै रहेकी आरती खनालकी सानीमाको छोरीको संग डिएनए म्याच गराएर गरिएको परिक्षणमा,प्राप्त जानकारी अनुसार उक्त शव,जापानी तथा अन्य मुलुकको नागरिकको नभएको पुष्टि भएको हो। यद्यपी,डिएनए परिक्षणमा पनि शतप्रतिशत आरतीकै हो भन्ने कुरा भने पुष्टि भएको होईन। त्यो शवको डिएनए र परिक्षणमा लिइएको आरतीको आफन्तको डिएनए केहि हदसम्म मिल्दोजुल्दो देखिएको हो ।
आरती हराए पश्चात अथवा संगै उस्तै प्रकृतिको हराएका मानिसहरुको रिपोर्ट पनि नपर्नु र डिएनए परिक्षणमा पनि धेरै प्रतिशत मेल खानुले प्रहरीले त्यो शव आरतीकै ठहर गर्दै आवश्यक संयोजन गरिदिन भनेको अधिकारीले बताएकी छिन्।
हालै नेपाल पुगेकी उपाध्यक्ष अधिकारीले भोलि नेपालमा रहेका परिवारसंग भेट गरि प्रकृया अघि बढाउनको लागि पहल गर्ने बताएकी छिन् । परिवारले भने यस अघिनै नेपालन्युजपोस्टसंगको कुराकानी मै भने बमोजिम त्यो घटना आत्महत्या हुनै नसक्ने ठहर गर्दै कानुनी प्रकृया अघि बढाउने बताएको छ।
यस अघि आरतीको आमा र मामासंग गरिएको कुराकानी
अधिकारीबाट प्राप्त जानकारीलाई दुतावासको आधिकारिकता लिने प्रयास गर्दा दुतावासले यकिनका साथ आरतीकै हो भनेर किटान भने नगरेको तर डिएनए परिक्षणको नतिजा समेत मिल्दो/जुल्दो देखिएको जानकारी प्राप्त भएको बताएको छ। यसबारे हालसम्मको प्रमाणहरुको आधारमा शव बुझ्ने या नबुझ्ने भन्ने कुरा परिवारको निर्णयमा भरपर्ने देखिएको छ।
यस अघिको यो समाचार पनि पढ्नुहोस्
ओसाकाबाट हराएकी आरती किन भेटिनन् अहिलेसम्म ? यस्तो छ पछिल्लो अपडेट
जापानमा हराई रहेकी आरती खनालको खोजी तिब्र , यस्तो छ पछिल्लो अपडेट
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




