जापान/ओसाका । गैरआवासीय नेपाली नेपाली संघ(एनआरएनए)जापानले गिफु प्रिफेक्चरमा आफ्नो क्षेत्रीय समिति विस्तार गर्ने भएको छ ।

एनआरएनए जापानका महासचिव सिद्धार्थ श्रेष्ठका अनुसार त्यस क्षेत्रमा बसोबास गर्ने नेपालीहरुको संख्या दिन प्रतीदिन बढेसँगै नेपाली समुदायका लागि सामाजिक कार्य गर्ने उद्देश्यका साथ शाखा विस्तार गर्न लागिएको हो ।

गिफु क्षेत्रमा बसोबास गर्ने नेपालीहरुको माग अनुसार गैरआवासीय नेपाली संघ जापानको क्षेत्रीय गिफु समिति गठन गर्न केन्द्रिय समितिको बैठकले स्वीकृती दिई सकेको महासचिव श्रेष्ठले जानकारी गराए ।गठनको सम्पूर्ण तयारी पुरा गरिसकेकाछौँ, यहि जुन महिनाको १० तारिख शनिवबारको दिन औपचारिक कार्यक्रम गरि घोषणा गर्न लागेको सो अभियानमा लागेका सरोज धमलाले बताए ।

गिफु क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण नेपालीहरुलाई कार्यक्रममा उपस्थिती भई सहयोग गरिदिन समेत धमलाले अनुरोध गरेका छन् ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार