टोकियो/जापान। ताईफु २ को क्षतिको विवरण संकलन गरिनसक्दै फेरियाँ ताईफु ३ सुरु भईसकेको मौसम विज्ञान एजेनिसीले जनाएको छ।

मौसम विज्ञान एजेन्सीले, ६ तारिख राती,फिलिपिन्सको पुर्वि समुद्रमा ताईफु ३ उत्पत्ती भएको र यसले पनि निकट भविष्यमै जापानलाई समेत असर गर्ने भन्दै सतर्क रहन आग्रह गरेको छ।

जापानको मौसम विज्ञान एजेन्सीको विश्लेषण अनुसार, ६ तारिख राती ९ बजे, एक चक्रवात फिलिपिन्सको पूर्वी समुद्रमा ताईफु नम्बर ३ मा परिणत भएको हो । अघिल्लो सातामात्रै ताईफु २ कारण जापानका १६ भन्दा बढि प्रिफेक्चरहरुमा ठूलो क्षति पुर्याएको थियो ।

जापान मौसम विज्ञान एजेन्सीका अनुसार, अहिले उक्त ताईफु स्थिर छ, र बिस्तारै तीव्र हुँदै उत्तरतिर सर्ने अपेक्षा गरिएको छ।यस ताईफुले भविष्यमा जापान प्रभावित हुने सम्भावना छ ।

यो पनि पढ्नुहोस्

जापानमा ताईफुका कारण तोकाईदेखि कान्तोसम्म प्रभाव,१ जनाको मृत्यु,२ जना बेपत्ता ३० जना घाईते

जापानको वाकायामामा ताईफुका कारण ट्रेन बन्द भएपछि होटलमा राखिएका यात्रुहरुलाई म्याद सकिएको खानेकुरा दिएको पुष्टि

ताईफु २ कारण जापानभर भारी वर्षा,डुबान तथा पहिरोमा परि १ को मृत्यु,२ जना बेपत्ता,१० जनाभन्दा बढि घाईते


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार