नागोया/जापान। जुन १८ तारिख आईतबार गैरआवासीय नेपाली संघ जापान, नागोया क्षेत्रीय समितिको ९ औं अधिवेशन तय भएको छ।

९ औँ अधिवेशनको अन्तिम तयारीमा रहेको र अधिवेशन नागोया सहर कै मोरियामा वडास्थित सभहलमा आयोजना गरिने संयोजक मनोज बम मल्लले बताए ।

मल्लका अनुसार,आगामी नेतृत्व चयनका लागि,निर्वाचन समितिको गठन समेत गरिसकिएको छ। निर्वाचन समितिको संयोजकमा तोकाई बाटिका ईन्टरनेश्नल स्कुल,व्यवस्थापन समिति संयोजक डाक्टर सुदिप अधिकारीलाई चयन गरिएको छ।

त्यस्तै, सदस्यहरुमा – नेपाल आदिवासी जनजाती महासंघ जापानका पूर्वअध्यक्ष, सुमन लिम्बु, नेपाल पत्रकार महासंघ जापान शाखाका सल्लाहकार कबिकिरण न्यौपाने,एनआरएनए आईसिसि सदस्य दिपक कार्की र तोकाई बाटिका ईन्टरनेश्नल स्कुल,व्यवस्थापन समिति सदस्य बिमल अधिकारीलाई चयन गरिएको छ।

अधिवेशनमा, गैरआवासीय नेपाली संघ जापान, नागोया क्षेत्रीय समितिको(२०२१ – २०२३ को) कार्यकाल सम्पन्न हुनुको साथै नयाँ कार्यसमिति(२०२३ – २०२५ )को चयन तथा (२०२१-२०२३)कार्यसमितिको दुईवर्षे कार्यकालमा सम्पन्न भएका सामाजिक कार्य र आर्थिक कार्यको समिक्षा गरिने भएकोले यस अवसरमा उपस्थितिको लागि सम्पुर्ण नागोयाबासी नेपालीहरुमा संयोजक मल्लले अनुरोध गरेका छन् ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार