ओसाका/ जापान । गैरआवसीय नेपाली संघ जापान कान्साई क्षेत्रीय समितिको ९ औँ अधिवेशन सम्पन्न भएको छ । कान्साई क्षेत्रीय संयोजक दिलिप शर्माको अध्यक्षता तथा एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्का उपाध्यक्ष महेश श्रेष्ठको प्रमुख अतिथ्यतामा सम्पन्न भएको हो ।
कार्यक्रमलाई सम्बेधन गर्दे प्रमुख अतिथी श्रेष्ठले एनआरएनए भनेको एउटा ठूलो अभियान रहेको हुदाँ साना साना विवादमा नफसीकन सामाजिक सेवामा लाग्न आग्रह गरे । गैरआवासीय नेपालीहरुद्वारा नेपाल सरकारसंग मिलेर १० अरबको कम्पनी खडा गर्न लागिएको र आईपीयोमा छिटै लगेर संसारभर छरिएर रहेका नेपालीहरुको रकम भित्राएर त्यसमा सरकारले ५ प्रतिशत लगानी गरेर ५० अरब बराबरको कोष बनाएर नेपालको सम्बृदिको लागि लगानी गर्न लागिएको बताए।
त्यसको लागि अझै केही कानूनी कुराहरु मिलाउन भने बाकीँ रहेकको जानकारी गराए ।
त्यस्तै कार्यक्रममा एनआरएनए एसिया प्यासिफिक संयोजक पारसमणी पोखरेल, एनआरएनए जापानका बरिष्ठ उपाध्यक्ष नविन निउरे, उपाध्यक्षहरु महेश कुमार कटवाल, रामकृष्ण श्रेष्ठ, संगिता अधिकारी, राजकुमार अधिकारी, महासचिव सिदार्थ श्रेष्ठ, सहसचिव श्याम शितल, सहकोषाध्यक्ष दिपक सुनार, सल्लाहकार कृष्ण भुषाल, पूर्व सल्लाहकार नरेन्द्र बस्नेत, चिवा संयोजक मुक्तीराज रेग्मी, नागोया संयोजक मनोजबम मल्ल, चितवन समाज कान्साईका संयोजक विष्णु शर्मा, ब्युकोट समाजका बेदप्रसाद पौडेल लगाएतले प्रवासमा रहेका नेपालीहरुले भोग्नु परेका समस्या तथा समाधानका बारेमा चर्चा गर्नू साथै शुभकामना मन्तव्य व्यक्त गरेका थिए भने कार्यक्रमको स्वागत मन्तव्य एनआरएनए कान्साईका उपसंयोजक नरबहादुर थापाले गरेका थिए।
कार्यक्रमको सहजिकरण सचिव तेज गुरुङले गरेका थिए । अधिवेशनले आगामी कार्यकालको लागि नयाँ कार्य समिति समेत चयन गर्ने भएको छ । कार्यसमितिको संयोजक र सचिवमा सहमति हुन नसके पनि अन्य पदहरुमा भने निर्विरोध भएको निर्वाचन संयोजक महेश कुमार कटवालले जानकारी दिए । “संयोजक र सचिवमा सहमति भएन अब चुनावमा जाने भयो त्यो कहिले हुन्छ हामि प्रक्रिया पुराएर गर्नेछौं”निर्वाचन संयोजक कटवालले बताए ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




