अमेरिकी कोस्ट गार्डले एट्लान्टिक महासागरमा डुबेको टाइटानिक हेर्न पानीमुनि डाइभिङ गरेपछि सम्पर्कविहीन भएको पनडुब्बीको समुद्रको तल्लो भागमा टुक्राहरू फेला पारेको घोषणा गरेको छ । कोस्ट गार्डले भने अनुसार उक्त पनडुब्बीमा भेटिएको भग्नावशेषले पनडुब्बीको प्रेसर च्याम्बर ध्वस्त भएको र जहाजमा सवार पाँचजना जिवित नरहेको संकेत गरेको छ।

१११ वर्षअघि चट्टानसंग ठोक्किएर डुबेको लक्जरी लाईनर टाइटानिक हेर्न गएको पर्यटक पनडुब्बी समुन्द्रको पिँधमा पुगेपछि सम्पर्क बिहिन भएको थियो ।

खोजीका क्रममा सोनार बोयको प्रयोग गरी पानीमुनिको आवाजको पनि अनुसन्धान गरिएको थियो तर प्रेसर च्याम्बर ध्वस्त हुँदा कुनै आवाज नआएपछि खोजी अवधिमा पनडुब्बीको प्रेसर च्याम्बर ध्वस्त भएको हुनसक्ने अनुमान गरिएको हो ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार