टोकियो/जापान। गैरआवासीय नेपाली संघ जापान,कान्तो क्षेत्रीय समितिको संयोजकमा सागर कार्की चयन भएका छन् ।

आईतबार टोकियोको सिनओकुबोस्थित सोलमारी मुरा हलमा आयोजित ८ औँ अधिवेशनले कार्कीको संयोजकत्वमा सर्वसम्मतिमा नयाँ कार्यसमिति गठन गरिएको हो।

निर्वाचन समिति सदस्य विकास श्रेष्ठका अनुसार, गैरआवासिय नेपाली संघ जापान कान्तो क्षेत्रीय संयोजक पदमा सागर कार्की लाई सर्वसम्मत चयन गर्दै संयोजकमा उम्मेदवारी दिएका निवर्तमान उपसंयोजक सुरेस केसीलाई केन्द्रिय समितिमा मनोनित गर्ने सहमती गरिएको छ। त्यस्तै नव निर्वाचित कार्यसमितिको उपसंयोजकमा दिपक सुवेदि ‘विप्लव’, सुरज केसी र अर्जुन तिवारी तथा महिला उपसंयोजकमा ईश्वरी अर्याललाई चयन गरिएको छ।

यसैगरि सचिवमा वासुदेव पन्त, सह सचिवमा महेश श्रेष्ठ र गोमबहादुर बुढा तथा कोषाध्यक्षमा सोहन कुमार खत्री र सह- कोषाध्यक्षमा अनुप गौतम चयन भएका छन् ।त्यस्तै युवा संयोजकमा महेन्द्र केसीलाई चयन गरिएको छ भने सदस्य तर्फ दिपेन्द्र गौतम, चण्डि प्रसाद कँडेल, किरण गौतम,विपिन श्रेष्ठ, ज्योती रिजाल ढकाल, एकराज तामांग र प्रमोद लोहनी चयन भएका छन् ।

कान्तो निर्वाचन कमिटिलाई एनविए जापानका अध्यक्ष बिजेस थकालीले संयोजन गरेका थिए भने शालिकराम भण्डारी,विकास श्रेष्ठ,बालकृष्ण कँडेल र मनिस अमत्य सदस्य रहेका थिए। सबै क्षेत्रहरुमा सहमतीमा कार्यसमिति चयनको प्रयास भएता पनि कान्तो बाहेक अन्यत्र भने अझै सहमती जुट्न सकेको छैन ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार