तोचिगी/जापान। एनआरएनए जापान तोचिगी क्षेत्रीय समितिको चौथो अधिवेशन सम्पन्न भएको छ। यहि जुलाई १ तारिख सम्पन्न अधिवेशनले सन्तोष घिमिरेको संयोजकत्वमा सर्वसम्मत नयाँ नेतृत्व समेत चयन गरेको छ।

शनिबार तोचिगी प्रिफेकेचरको तोचिगी सहरमा रहेको एसियन लामा रेस्टुरेन्टमा सम्पन्‍न चौथो अधिवेशनबाट संयोजकमा सन्तोष घिमिरे सहित नयाँ कार्यसमित सर्वसम्मतीमा चयन भएका हुन् ।नयाँ कार्यसमितिको संयोजकमा सन्तोष घिमिरे,
उपसंयोजकमा ओम गुरुङ, सोनम शेर्पा र सम्भु थापा
,सचिबमा अनिल कुमार बोहोरा,सहसचिबमा विष्णु राज पाठक र यम.यस. ठकुरी,कोषाध्यक्षमा सुमन दुलाल सह-कोषाध्यक्षमा रोहित मदन भण्डारी,युव संयोजकमा मान पुन मगर चयन भएका छन् ।

यसैगरि सदस्यहरु लाक्पा शर्पा,सन्जय लम्साल ,लोकेन्द्र कार्की ,राम बहादुर तामाङ्ग र विद्यार्थी सदस्यमा नरेन्द्र विष्ट रहेका छन् । भने यस कार्यसमितिमा महिला उपसंयोजक र महिला सदस्य पदभने तत्काललाई खाली रहेको छ।

तोचिगी क्षेत्रिय समिति संयोजक मन्दिप क्षेत्रीको अध्यक्षता, मा प्रमुख अतिथि एनआरएनए जापान केन्द्रिय बरिस्ठ उपाध्यक्ष नबिन निउरे,विशिष्ट अतिथिहरु एनआरएनए जापानकी उपाध्यक्ष संगिता अधिकारी सुबेदि, एनआरएनए जापानका केन्द्रिय महासचिव सिद्धार्थ श्रेष्ठ, अनेसास जापानका अध्यक्ष   रबिन शर्मा,एनआरएनए तोचिगी संस्थापक संयोजक सुरेन्द्र लाल श्रेष्ठ तथा अतिथिहरू, सल्लाहकार राजु पनेरु, भुवन गैरे , एनआरएनए तोचिगी संरक्षक तथा निर्बाचन कमिटीका संयोजक विकाश बस्नेत उचुनोमिया नेपाली समाजका उपाअध्यक्ष यम.यस. ठकुरी जनजाती माहासंघ तोचिगीका अध्यक्ष सोनम शेर्पा लगायतको उपस्थितिमा सम्पन्न भएको थियो।

तोचिगी क्षेत्रिय समिति (२०२१ ~२०२३) को सांगठनिक प्रतिबेदन सहसचिब आसिस खनाल र आर्थिक प्रतिवेदन सह-कोषाध्यक्ष अनील कुमार बोहोराले प्रस्तुत गरेका थिए भने, स्वागत मन्तव्य सुमन दुलालले गरेका थिए।त्यस्तै गरी,कार्यक्रमको संचालन २०२१-२०२३का उपसंयोजक सन्तोष घिमिरे गरेका थिए । एनआरएनए तोचिगी संरक्षक तथा निर्बाचन कमिटीका संयोजक विकाश बस्नेतले नवनिर्वाचित सम्पूर्ण कार्यसमितिलाई सपथ ग्रहण गराई अधिवेशन सम्पन भएको जानकारी गराएका थिए।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार