टोकियो/जापान। गैरआवासीय नेपाली संघ (एनआरएनए)जापानको ११ औँ अधिवेशनको सरगर्मी बढेको छ।अहिले धमाधम क्षेत्रीय अधिवेशन तथा निर्वाचनहरु भइरहेका छन्। यसैबिच वर्तमान बरिष्ठ उपाध्यक्ष नबिन निउरेले आगमी कार्यकाल सन २०२३-२५ का लागि अध्यक्ष पदमा उमेद्वारी दिने घोषणा गरेका छन् ।

निउरेले आईतबार टोकियोमा पत्रकार सम्मेलनको आयोजना गरी आगामी कार्यकालका लागि अध्यक्ष पदमा उमेद्वारी दिने घोषणा गरेका हुन् ।

निउरे सन् २०११ देखि एनआरएनए अभियानमा सक्रिय छन् । उनको एनआरएनए अभियानको यात्रा सन् २०११ मा एनआरएनए जापान कान्तोउ क्षेत्रको सदस्य हुँदै सुरुवात भएको थियो। त्यसयता निरन्तर संस्थामा विभिन्न जिम्मेवारीहरुमा रहँदै आएका उनि अहिले एनआरएनए जापानको बरिष्ठ उपाध्यक्ष रहेका छन् ।

‘पारदर्शिता, रुपान्तरण, प्रबिधिमैत्री एनआरए जापान, नेपाली समुदायको आफ्नो साथी बनाउने अभियान’ भन्ने नाराका साथ अध्यक्ष पदका लागि उमेद्वारी दिने घोषणा गरेका निउरेले आफ्नो प्रतिवद्धताहरु यसरी प्रस्तुत गरेका छन् ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार