प्यारो दिदी बैनि छोरि चेलिहरुमा,मिठो सम्झनाको साथ साथै मन भरि माया छ ।आराम हुनुहुन्छ नि ! आ-आफ्नो ख्याल राख्दै दैनिकि चलाउनु होला है !
साउने संन्ग्रान्ति र साउन मैनाको बारेमा मेरो मनको क्रन्दनमा धेरै दिन देखि उब्जिएका कुराहरु लेख्छु है !
उहिले हामि सानो छॅदा गाउॅ भरिको खेत बारिको धान कोदो रोप्ने मेलो सकिन्थ्यो असारको मसान्तको अघिल्लो दिन सम्म।
मसान्तको दिनमा दिनभरि लाएर काग भलायो ,कुकुर डाइनो ,अरु के के हो के के जडिबुटिका लहराहरु ,बारिमा फलेका फल फुलहरु सपै जम्मा गर्थे ।नजिक हुने छोरि चेलिलाइ बोलाउिथे ।गाउॅका आमाहरुले मिठो मसिनो जे जस्तो छ खाना बनाउॅथे ।बाहिर दाजु भाई बाबा काकाहरु मिलेर लुतो फाल्ने तयारि गर्थे ।गाउॅको डॅाडा तिर बाट लुतो फालौ होइ बेला भो भन्थे त्यस पछि पुजा आजा गरेर लुतो फाल्थे ।वारि गाउॅले पारि गाउॅले लुतो लैजाहोइ भन्दै अगुल्टो पनि फाल्थे ।नाग्लो र अरु के के हो केके बजाउथे साथसाथै घण्टि पनि बजाउमथे ।बस मैले जानेको साउन एति नै हो ।
अॅ सॅाच्चै यो पालिको साउनमा लगाउने हरिया, पहेँला चुरा, पोते किनिसक्नु भयो कि बाँकी छ? किनिसक्नु भयो भने साउन सकिए पछि अर्को साउनलाई ती चुरा पोते जतनले राख्नुस् ल, किन्नु भएको छैन भने पोहोरका कतै छन् कि पहिला खोज्नुस् त ! पोहोरका भेटिएनन् भने पनि पीर नगर्नुस है त !साउनमा हरिया चुरा, पोते कपडा नलगाउनुस त म भन्न सक्दिन तर यति भन्छु यो संस्कार हाम्रो होइन यो आयातित संस्कार हो। हामी साना हुँदा हाम्रा आमा, काकिहरुले साउनकै लागि भनेर चुरा पोते किनेको थाहा छैन।करोडौँका चुरा पोते साउन कै लागि भनेर आयात हुन्छन् र हाम्रो पैसा बिदेशिन्छ। हामिहरुले हाम्रो घर ब्यवहार किफायती तरिकाले चलाउन जानेका छौं ।अव देशको अर्थतन्त्र जोगाउन हाम्रा केही रहरलाई यसो छेउ लगाऔँ न हुन्न र ! मैले र म जस्ता धेरै नारिहरु ले एस्ता रहरहरुलाइ बर्षौ बर्ष देखि नै छेउ लगाइसकेँ का छौं । कीन भने हाम्रो आमा हजुर आमाले साउनमा हरियो लाको देखियन र लाउनु पर्छ हाम्रो संस्कार हो भनेर कैलेइ पनि सिकाउनु भएन ।त्यसैले पनि म आत्मा सॅाचि राखेर भन्न्दै छु या लेख्दै छु यो हाम्रो चलन हैन छिमेकिको घरको नक्कल पारेर छिमेकिलाइ धनि नपारौ ।यो अभियान हजुर हामि धेरै साथिहरु मिलेर अन्त्य गर्नु पर्छ ।
सपैको जय होस
मन्जु गिरी (वन)
चिबा जापान
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




