सेन्दाई/जापान। गैरआवासीय नेपाली संघ जापान क्षेत्रीय समिती सेन्दाईको नव निर्वाचित कार्यसमितीको सपथ तथा पदभार ग्रहण गरेका छन् ।
सपथ ग्रहण कार्यक्रम,एनआरएनए क्षेत्रीय समितीका संयोजक हरी गोपाल श्रेष्ठको अध्यक्षतामा, एनआरएनए जापानका प्रवक्ता सुभास लामीछाने को प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
कार्यक्रममा विभिन्न संघ संस्थाहरुको प्रतिनिधीहरु,निर्वाचन समितीका सदस्यहरु,संघका पुर्व कार्यसमितीका सदस्यहरु उपस्थित रहेका थिए। कार्यक्रममा प्रतिबद्दता मन्तब्य राख्दै नव निर्बाचित कार्यसमितीको संयोजक सन्दिप जिसीले संस्थाको गौरबलाई कायम राख्दै सदैव नेपाली समुदायको हितमा कटिबद्ध भएर लाग्ने बताएका थिए।
संघका नव निर्वाचित सचिव प्रकाश बिश्वकर्माको संचालन कोषाध्यक्ष कृष्ण बिक्रम घिसिंघको स्वागत मन्तब्य मा सम्पन्न कार्यक्रममा निर्वाचन आयोगका आयुक्त अरुण दुवाडी,प्रदिप खत्री लगाएतका अतिथीहरुले आफ्नो मन्तब्य राखेका थिए।
गैरआवासीय नेपाली संघ,राष्ट्रिय समन्वय परिषद जापान, तोहोकु क्षेत्रीय समिति सेन्दाइ को जुन २४ तारिख सम्पन्न अधिवेशनमा सर्बसहमत हुन नसकेको पदहरुमा यहि जुलाई २ तारिख निर्वाचन सम्पन्न भएको थियो ।
नयाँ कार्यसमितिमा,संयोजक -सन्दिप जिसी,उप संयोजक : आशिष गुरुङ्,भरत बहादुर बम,अनिल गिरी उप संयोजक (महिला) -कुस्मिता थापा,सचिब : प्रकाश बिश्वकर्मा,सह सचिब : छिरिग ग्याबा तामाङ र शिब कुमार भण्डारी,कोषाध्यक्ष : शिर बहादुर काउचा,सह कोषाध्य्क्ष : दिपक तामाङ्,युवा संयोजक : मकेन्द्र सोडारि निर्वाचित भएका छन् । त्यस्तै गरि,सदस्यहरु-कुमार पौडेल,राजन ढकाल,तेज प्रसाद दहाल,राजेश खनाल,सुमन लामिछाने,महिला सदस्य : ममता लामिछाने रहेका छन् । यसका अलवा बाकि ८ जना सदस्यहरु अबको कार्यसमितिको मिटिङ्ग बाट मनोनित गरिने बताइएको छ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




