‘आर्थिक अनुशासन, पारदर्शिता, कोष अभिवृद्धिमा मेरो प्रतिबद्धता’ भन्ने उद्घोषका साथ गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए)जापानको सन २०२३-२५ कार्यकालका लागि रामबहादुर थापाले सह- कोषाध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन ।
हाल,एनआरएनए जापानको केन्द्रीय सदस्य रहेर कार्य गरिरहेका थापाले एनआरएनए जापानमा आर्थिक अनुशासन क़ायम गराउन र संघलाई बलियो बनाउन कोष अभिवृद्धि मुख्य पाटो रहेकोले त्यस कार्यको परिपूर्तिका लागि आफूले सह- कोषाध्यक्षमा उम्मेद्बारी घोषणा गरेको बताएका छन्।

एनआरएनएका साथै अन्य विभिन्न संघसंस्थामा आबद्द रहेर सामाजिक सेवामा लामो समयदेखि क्रियाशिल थापा जापानको नागोयामा रेष्टुरेण्ट व्यवसाय गर्दै आएका छन् । उनले नेपालमा रहँदा र जापान आईसकेपछि सामाजिक सेवा गर्नका लागि विभिन्न संघ साथको नेतृत्वदायी भूमिकामा रहेर काम गरेको अनुभव र सिकाईलाई एनआरएनए जापानको कोष अभिवृद्धि र पारदर्शी परिचालनमा आफ़नो भूमिकालाई क्रियाशील बनाउने उदेश्य सहित उम्मेद्वारी घोषणा गरेका हुन् ।

“मैले संस्थागत मात्रै नभइ व्यक्तिगतरुपमै पनि वर्षेनी लाखौँ रकम नेपाल तथा जापानमै पनि सामाजिक कार्यमा सहयोग प्रदान गर्दै आएको छु।”उम्मेद्वार थापा नेपालन्युजपोस्टसंग भने। उनले हामीसंग थप कुरा गर्दै भने “यसका अलवा संघलाई जापान स्थित नेपाली समुदायको अभिभावकीय संस्थाको रुपमा विकसित गराउन र युवा पुस्तालाई रचनात्मक कार्यमार्फत एनआरएनएप्रति सकारात्मक धारणा बनाउनका लागि मैले उम्मेद्बारी घोषणा गरेको हुँ। त्यसैले जापानबासी नेपाली दाजुभाइ दिदीबहिनीले भारी मतका साथै निर्वाचित गराई,संस्थागत हितमा लाग्ने अवसर प्रदान गर्नुहुनेमा विश्वस्त छु।”
निरन्तर एनआरएनए जापानको हरेक क्रियाकलापमा सक्रिय सहभागी हुँदै आएका थापा,गलकोट समाज जापान, घुम्टे युवा परिवार जापान शाखामा रहेर लामो समय समाजका विभिन्न क्रियाकलाप र सामाजिक सेवामा लागेका र निरन्तर खटिरहने स्वभाव रहेकोले एनआरएनए जापानको टिममा उनी सह कोषाध्यक्षको पदमा आउदा संघलाई सहयोग पुग्ने अपेक्षा गरिएको छ।

थापाले व्यवसायको शिलशिलामा जापानमा रहेर पनि जन्मस्थानका ऐतिहासिक ठाउहरूको संरक्षण संवर्द्धन र जगेर्ना गराउनका लागि चौतरी पुनर्निर्माण, पर्यटकीय क्षेत्रको स्तरोत्तर, मानवीय सेवाका कार्यमा उल्लेख्य आर्थिक सहयोग, स्वास्थ्य क्याम्प संचालनमा अगुवाको भूमिका लगायतका कार्यमा आफ्नो योगदान दिदै आएका छन ।

एनआरएनए जापानको इतिहासमै पहिलो पटक थापा कार्यक्रम संयोजक रहेर “भलिबल टुर्नामेन्ट एनआरएनए रनिंग कप जापान” समेत भव्यताका साथ समप्न गराएका थिए ।
एनआरएनए जापानको राष्ट्रिय समन्वय परिषदको आगामी कार्यकाल २०२३-२५ को लागि जुलाई २९ तारिक अधिवेशन तथा त्यस पश्चात निर्वाचन हुनेछ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




