टोकियो/जापान। गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको आगामी कार्यकाल(सन २०२३-२५)को लागि मुक्तिराज रेग्मीले युवा संयोजकमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।उनले सामाजिक सञ्जालमार्फत युवा संयोजक पदमा उम्मेद्वारी दिने घोषणा गरेका हुन् ।
एनआरएनए जापानको चिवा क्षेत्रीय समितिको सन २०२१ देखि २०२३ सम्मका संयोजक रहेका रेग्मी पर्वत समाज जापानको उपाध्यक्ष समेत रहि सामाजिक सेवामा क्रियाशील रहँदै आएका छन् ।
युवापुस्तामा एनआरएनए प्रति देखिएको उदासिनता हटाउँदै, जापानबासी गैरआवासीय नेपाली युवाहरुमा संस्थागत निकटता बढाउँदै एनआरएनएलाई सबल र सक्षम बनाउन आफ्नो उम्मेदवारी रहेको रेग्मीले नेपालन्युजपोस्टसंग बताए ।
रेग्मी भन्छन्-“सकारात्मक छवि कामले बनाउने हो,एनआरएनए जापान भन्ने बित्तिकै नकारात्मक धारणा राख्ने युवाहरु पनि एनआरएनए चिबा भनेपछि सकारात्मक रहने गरेका छन्। यो क्षेत्रले गरेको परिवर्तन हो।त्यसैले यसैगरि क्षेत्रबाट खारिँदै गएका युवाहरुले केन्द्रमा पनि सुधारका लागि पहल गर्ने वातावरण बनोस भन्नका लागि मेरो उम्मेद्वारी हो।”
रेग्मीले एनआरएनए चिवाको संयोजक पदमा रहदा क्षेत्रलाई प्रविधिमैत्री बनाई नेपाली समुदायमा आईपरेका हरेक किसिमका समस्या र अप्ठ्यारालाई हरेक पक्षसंगको सहकार्यमा समाधान र सहयोग गर्ने प्रयास गरेका थिए।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




