टोकियो/जापान। गैरआवासीय नेपाली संघ (एनआरएनए)जापानको आगामी कार्यकाल (सन २०२३-२५)का लागि लक्ष्मी केसी महर्जनले महिला उपाध्यक्ष पदमा उम्मेद्वारी दिने घोषणा गरेकी छिन् । चिबा क्षेत्रीय समितिकी निवर्तमान उपसंयोजक लक्ष्मीले सामाजिक संजाल मार्फत आगामी कार्यकालको महिला उपाध्यक्ष पदमा आफुले उम्मेद्वारी दिने घोषणा गरेकी हुन्।

लक्ष्मीले जापानमा रहेका आमा दिदीबहिनीहरुका, हरेक अप्ठ्यारा र साँघुरा अवस्थामा आवाज बन्ने प्रयत्न गर्दै राष्ट्रियस्तरमै आवाज उठाउदै आईरहेको एक महिला सशक्तिकरणको हिस्सेदार भएकाले, महिला उपाध्यक्ष पदका लागि आफु योग्य उम्मेद्वार भएको बताएकी छिन् ।

आफ्नो एनआरएनए अभियामा घर परिवार श्रीमान आफन्तको पूर्ण साथ तथा हौसला रहेको बताउँदै उनले, आगामी आरोह अवरोहहरुमा पहरेदारी भूमिकामा मन वचन र कर्मले सधै समाजमा सक्रिय भईरहने अठोट समेत व्यक्त गरेकी छिन् । उनले, उर्जावान समयको यो महत्वपूर्ण अभियानमा कसैको दबाव, प्रभाब, आबेग वा संबेगमा नआइकन हारमा सहनशिलता र जितमा संयमता बिवेकशिलता र सन्तुलनमा रहदै काम गर्ने प्रण सहित “म” नभएर “हामी” समान अस्तित्व समान दाईत्व अनी हामी मुखी संस्था हुनुपर्ने बताएकी छिन् ।

सन २०१९-२१ कार्यकालदेखि सक्रियरुपमा एनआरएनएको क्षेत्रीय समितिमा क्रियाशिल रहँदै आएकी लक्ष्मीसंग महिला मानव अधिकार रक्षक संजाल(ओरेक)नेपाल तथा नर्सिङ क्षेत्रमा संलग्न रहेको अनुभव समेत रहेको छ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार