टोकियो/जापान। गैरआवासीय नेपाली संघ(एनआरएनए)जापान क्षेत्रीय समिति नागोयाका निवर्तमान संयोजक मनोज बम मल्लले आगामी कार्यकाल सन २०२३- २५ को लागि एनआरएनए जापानको उपाध्यक्ष पदमा उम्मेद्वारी दिने घोषणा गरेका छन् ।

एनआरएनए जापानको अधिवेशन तथा निर्वाचन मिति नजिकिँदै गर्दा,धमाधम विभिन्न पदहरुमा औपचारिक तथा अनौपचारिकरुपमा घोषणा गर्नेक्रम ह्वात्तै बढेको छ। यसैक्रममा मल्लले,सोमबार सामाजिक संजाल मार्फत आफुले उपाध्यक्ष पदमा दाबेदारी प्रस्तुत गरेका हुन् ।

सन २०२१-२०२३ कार्यकालमा नागोया क्षेत्रीय समितिको संयोजक रहँदा मल्लको कार्यकालमा आर्थिक पारदर्शिता गराइ संस्थालाई २३ लाख भन्दा बढ़ी बचत गराउन सफल हुनका साथै अन्य थुप्रै सुधारका कामहरु भएका थिए।

मल्लको नेतृत्वमा क्षेत्रमा,निम्नलिखित कार्यहरु सम्पादन भएको दावी सहित उपाध्यक्ष पदमा उम्मेद्वारी दिने घोषणा गरेका छन् ।

१.अफिस उत्घाटन तथा क्षेत्रीय संयोजक डिनर कार्यक्रम
२. रक्तर्दान काययक्रम २०२१
३. २ बर्ष सम्म निसुल्क जापानीज भाषा कक्षा सन्चालन
४. सिन्धुपाल्चोकमा सहयोग
५. अन्तरक्रिया कार्यक्रम ‘Be a leader ‘
६. मास्क वितरण कार्यक्रम
७. निशुल्क अनलाइन स्युसोकु सपोर्ट सेमिनार
८. राहत अभियान संचालन गरिएको सम्बन्धमा
९. एम्बेसी कपमा आर्थिक सहयोग
१०. अनिता सिग्देललाइ आर्थिक सहयोग
११. बिबेक सदाशन्खरलाइ सहयोग
१२. राधा गुरुङको निधन पस्चात सहयोग
१३. फुकुओकामा भलिबल खेलमा सहभागिता
१४. चमान सिंह पाईजा मगर आर्थिक सहयोग
१५. जापानको नागोया शहरमा सरसफाइ कर्यक्रम
१६ किक बक्सिङ अविरल घिमिरेलाइ आर्थिक सहयोग
१७ NRNA जापान द्वारा आयोजित भलिवल प्रतियोगितामा सहयोग
१८ हरेराम परजुलिलाई आर्थिक सहयोग
१९ NRNA जापान संगको सहकार्यमा blood Donation कार्यक्रम आयोजना
२० चेपाङ बालबालिकाको शिक्षाको लागी आर्थिक संकलन
२१ नेपाल Embassy संगको सहकार्यमा घुम्ती सेवा संचालन
२२ नवराज वाग्लेलाई आर्थिक सहयोग
२३ दोश्रो नेपाल फेस्टिवल आयोजना
२४ Miss japan Teen International 2022 यूमे अधिकारीलाई सहयोग
२५ कोरोना महामारीको बेला बिध्यार्थीलाई (बाइतो सेचुमे खाइ) सहयोग
२६ IHNO संगको सहकार्यमा २० जना बिध्यार्थीलाई Scholarship
२७ unity guys लाई फुटबल प्रगियोगितामा सहयोग
२८ मन कुमार राई लाई सहयोग
२९ नवराज वाग्लेलाई सहयोग
३० IHNO कोमियामा युकीहारो लाई सम्मान कार्यक्रम
३१ यस क्षेत्रमा अकाल्पनिक घट्ना घटेमा ५ मान सहयोग
३२. विभिन्न संघ संस्थाले समाजिक कार्यमा योगदान दिने किसिमको कार्यक्रम गरेमा ३ मान आर्थिक सहयोग
३३.आर्थिक पारदर्शिता गराइ संस्थालाई २३ लाख भन्दा बढ़ी बचत गराउन सफल

एनआरएनए जापानको ११ औँ अधिवेशन यहि जुलाई २९ तारिख हुनेछ भने निर्वाचन ३० तारिखका लागि तय गरिएको छ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार