टोकियो/जापान। एनआरएनए जापानको आगामी कार्यकाल(सन २०२३-२५ )का लागि पूर्व महासचिव मुक्तिराम खनाल(बिनोद)ले उपाध्यक्ष पदमा उम्मेद्वारी दिने घोषणा गरेका छन्।

मुक्तिराम खनाल “बिनोद” सन २००७ देखि गैरआवासीय नेपाली संघ जापानमा आवद्ध भइ, सन २००९ एनआरएनए जापान, क्षेत्रीय सचिव,सन २०११ मा हिरोशिमा क्षेत्रीय संयोजक, सन २०११ देखि सन २०१३ कार्यकालमा राष्ट्रिय समन्वय परिषद जापानको सचिव पदको उम्मेद्वार हुँदै,सन २०१३-२०१५ कार्यकालमा राष्ट्रिय समन्वय परिषद जापानको महासचिव पद सम्हालिसकेका खनाल,समग्र नेपाली समुदाय तथा एनआरएनए जापानका निकै पुराना अभियन्ता हुन् ।

केहि समय एनआरएनएको प्रत्यक्ष अभियानबाट विश्राम लिएका खनालले यस पटक उपाध्यक्ष पदमा रहि,आफुसंग भएको पुरानो पुस्तासंग अनुभव र नयाँ पुस्ताका युवा जोश जाँगर बिचको सामान्जस्यता कायम राख्दै एनआरएनए जापानलाई थप सकारात्मक उचाईमा पुर्याउने योजना सहित यस अभियानमा प्रत्यक्षरुपमा होमिएका हुन् ।

एनआरएनए मात्रै नभइ,जापानका अन्य विविध सामाजिक अभियानहरु जोडिएका, समाजका विविध संगठनहरुमा कुशलता समन्वयकर्ताको परिचय बनाएका खनाल,एनआरएनए जापानलाई सरल,सबल र परिष्कृत बनाउने योजना सहित ११ औँ अधिवेशनबाट पुनरागमन गरेका हुन् ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार