राणाकालिन समयमा नै छात्रवृत्ति सहित सरकारी कोटाबाट केहि नेपालीहरु उच्च शिक्षाका लागि जापानमा आएता पनि अहिलेको जापानबासी नेपालीहरुको बसाईको जग १९८० दशकको शुरुवाती तिरबाट भएको भन्दा गलत नहोला । सन् २००३ मा विश्व भरिका गैर आवासीय नेपालीहरुको समन्वय गर्ने तयारी संगै गैर आवासीय नेपाली संघ जापान स्थापना भएको हो । २००४ मा स्थापित राष्ट्रिय समन्वय परिषद जापान पनि २ दशकको संघारमा आइपुगी सकेको छ । स्थापना कालमा बैधानिक रुपमा गणना गर्न मिल्ने जम्मा जम्मी १५०० देखि २००० नेपालीहरुको बसाईको अवस्थामा गरिएको भएता पनि आज आएर हाम्रो जनसंख्या तिब्र रुपले वृद्धि भई जापान भित्र करिब १५०,००० जनाको बसोबास सहित एउटा सानो नेपाल भएको जस्तै आभाष देखिएको छ ।
सन २०१० सम्म जापानका ठुला ठुला सहरहरु जस्तै टोकियो, नागोया, ओसाका, फ़ुकुओकामा मात्रै कहिँ कतै देखिने नेपालीहरु सन २०२३ सम्म आइपुग्दा प्राय सबै ठुला साना शहरहरुमा पनि नेपालीहरुको बाक्लो उपस्थिति अनि रोजगारितामा व्यस्तता प्रसस्तै देख्न सकिन्छ र यो क्रमश अझ तिब्र रुपले बढ्ने क्रम पनि रोकिएको छैन ।
जनसाङ्खिक वृद्धिसंगै पछिल्लो दशक देखि नै राजनैतिक, क्षेत्रीय, बर्गीय, साँस्कृतिक, पेशागत लगायत धार्मिक आस्थाका सामन्वयकारी सँस्थाहरुको स्थापना गर्ने सक्रियता पनि उत्तिकै बढ्ने क्रममा छ । यसरी जापानमा पनि हाम्रो जनसंख्या वृद्धि हुदै जादा समाजको आकार बढ्नु खुसीको कुरा हो किनकि यो वृद्धिसंगै व्यावसायिक, सामाजिक, राजनैतिक, आर्थिक, साँस्कृतिक अवसरहरु पनि थपिदै जानेछन् । यो संगै समाजको आकार वृद्धिका कारण अनेकन चुनौतीहरुसँग सामना गर्नु पर्ने अवस्था पनि बढ्दै गई रहेको छ।
सामाजिक-साँस्कृतिक एवं आर्थिक रुपमा अत्यन्तै सबल विकशित राष्ट्र जापान भित्र बढी रहेको हाम्रो समाजको अवसर र चुनौतीहरुको समन्वय गर्नका लागि पहलीकदम भूमिका खेल्ने सँस्था नै गैर आवासीय नेपाली संघ हो भन्दा कुनै गलत नहोला किनकि स्थापित अन्य संघ सँस्थाहरुको आ-आफ्नै क्षेत्राधिकार भित्र रहेर मात्रै क्रियाशील भएका छन् तर गैर आवासीय नेपाली संघ जापानको क्षेत्राधिकार भित्र यस देश भित्र बस्ने सबै नेपालीहरुलाई समेटेकोले यसको प्रभाब असिमित पार्न सक्ने देखिन्छ ।
अनेकन अवसर साथै चुनौतीका विचमा रहेको सबैलाई समन्वयकारी भूमिकामा जोड्न सक्ने साझा सँस्था गैर आवासीय नेपाली संघ जापान, के जापानबासी नेपाली समुदायमा स्थापित भएको छ त ? यहि प्रश्नको उत्तरमा नै समाजले गैर आवासीय नेपाली संघलाई खोजिरहेको छ । सँस्था स्थापना गरिनु र समुदायमा स्थापित हुनुमा निकै ठुलो अन्तर छ । हाल करिब करिब ९० देशहरुको विश्व संजाल बनेता पनि यस मूल संस्था अझै आम सरोकारवाला या सम्वन्धित समुदायमा स्थापित हुनका लागि नै संघर्षरत देखिन्छ।
स्थापनाकाल देखि नै गैरआवासीय नेपाली संघले प्रमुख ३ पक्षलाई समन्वय गर्न चाहेको छ । पहिलो पक्ष – हरेक नेपाली जो प्रवासमा बस्छ, दोस्रो पक्ष – प्रवासी नेपाली बसोबास गरिरहेको राष्ट्र, तेस्रो पक्ष – मातृभूमि नेपाल । यी तिनै पक्षहरुलाई समन्वयकारी भूमिकाका लागि नै यस संस्थाको नामाकरणमा नै “समन्वय” शब्दलाई प्रयोग गरिएको हो । जस्तै गैर आवासीय नेपाली संघ – अन्तराष्ट्रिय समन्वय परिषद, क्षेत्रीय समन्वय परिषद, राष्ट्रिय समन्वय परिषद । हो यहि “समन्वय” भन्ने शब्द र भूमिकामा यस सँस्थाको मुलभूत अर्थ लुकेको छ । पहिलो पक्ष र दोस्रो पक्षको समन्वय सम्वन्धित राष्ट्रको राष्ट्रिय समन्वय परिषदलाई तोकिएको छ भने अन्तराष्ट्रिय समन्वय परिषदले तेस्रो पक्षसँग समन्वयात्मक भूमिका खेल्नेछ ।
यसरी नै जापान भित्रका सम्पूर्ण नेपालीहरुलाई समन्वयात्मक भूमिकाको लागि के साच्चिकै यस सँस्थाले क्रियाशीलता देखाएको छ त ? छिटपुट भैपरी आउने घटना पछिको सक्रियता बाहेकमा यस सँस्थाको सक्रियता प्राय शुन्य नै देखिन्छ । यस सँस्थाले आफु अभिभाबक हो भन्ने दृष्टिबोध अभाबका कारणले हो वा सँस्थाको नेतृत्वको कमजोरीका कारणले हो यसको समन्वयात्मक भूमिकाले गर्न सक्ने र गर्ने पर्ने कार्यमा हालसम्म सामान्य केहि विषय बाहेकमा सक्रियता नै देखिएको छैन ।
प्रवासमा हुर्कदै गरेको हाम्रो समाज र सन्तानलाई नेपालको सामाजिक, सांस्कृतिक, भेषभूषा, चाडपर्व, भाषा जस्ता तत्वहरुको पनि प्रवर्धन गर्ने जिम्मेवारी लगायत जापान भित्र बसोबास गरिरहेका हरेक नेपालीहरु जस्तै पेशागत श्रमजीवी, विद्यार्थी, व्यवसायी साथै मातृभूमिबाट भविष्यमा आउन तयारी गरिरहेका नेपालीहरुको सारथी बन्न नसक्नु नै जापानमा यसले आफ्नो प्रभाबलाई बढाउन नसक्नु हो । यो सगैं नेपाली राजदुताबास लगायत यस देशको स्थानीय सरोकारवाला निकाय जस्तै होकेंज्यो, प्रहरी प्रशासन, सिटी अफिस, गैर नाफा मुलक संस्था, स्थानीय विद्यालय, स्थानीय स्वास्थ्य सेवा प्रदायक संस्था, बित्तिय अभिमुखीकरण संस्था एवं अन्य आवश्यकीय सरोकार निकायजस्ता सम्वन्धित निकायहरुसंग आवश्यकीय समन्वय एवं सहकार्य जबसम्म यस संस्थाले गर्ने पहल गर्दैन समाजमा आफ्नो प्रभाब बढाउन सक्दैन र मुलभूत उद्देश्य प्राप्तिमा अघि बढ्न सक्दैन । त्यसैले यस संस्थाभित्र बढ्दै गरेको स्थानीय, वर्गीय, राजनैतिक, क्षेत्रीय एवं सांस्कृतिक क्षेत्राधिकार सहितका सोच र समुहको प्रभाबलाई न्यूनीकरण गर्दै समाजमा स्थापित गर्नका लागि लिनु पर्ने भूमिकाको लिस्ट नै तयार पारेर जापानमा आम सरोकारहरुसंग नजिकिनु को विकल्प छैन । यसका लागि सबल अनि समन्वयकारी नेतृत्वको अपरिहार्यता छ भन्नु अत्युक्ति नहोला ।
मुक्तिराम खनाल (बिनोद)
उपाध्यक्ष पद उम्मेदवार २०२३-२०२५
गैर आवासीय नेपाली संघ
राष्ट्रिय समन्वय परिषद जापान
(महासचिव २०१३-२०१५)
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




