टोकियो/जापान। गैरआवासीय नेपाली संघ जापान राष्ट्रिय समन्वय समितिको ११ औँ अधिवेशन नजिकिँदै गर्दा, विभिन्न पदहरुमा धमाधम उम्मेदवारी घोषणा गर्नेक्रम तीब्र भएको छ। यसैक्रममा,एनआरएनए जापानका वर्तमान सह-कोषाध्यक्ष दिपक सुनारले,आगामी कार्यकाल सन २०२३ -२५ का लागि कोषाध्यक्ष पदमा उम्मेद्वारी घोषणा गरेका छन्।

सामाजिक संजाल मार्फत,आफ्नो उम्मेद्वारी रहने सार्वजनिक गर्दै दिपकले आफुले लामो समयदेखी जापानलाई आफ्नो कर्म भुमी बनाएर रहँदै आएको र यस विचमा एनआरएनए अभियानमा जोडिएर जापानमा रहेका नेपालीहरुको सेवा र एनआरएनए जापानको पहिला देखी नै धमिलिंदै आएको छविलाई सुधार गर्न तर्फ नै लागि परेको उल्लेख गरेका छन् । यसका साथै आफु सह कोषाध्यक्ष रहेको वर्तमान कार्यसमितिले, एनआरएनए जापानलाई धेरै सुधार गरेको कुरा अवगत गराउँदै,यो क्रमलाई पुनः निरन्तर दिदै आगामी कार्यकाल पनि त्यस्तै सभ्य र सौहार्दपूर्ण बनाउने प्रतिवद्धता सहित कोषाध्यक्ष पदमा दाबेदारी प्रस्तुत गरेका छन् ।

जापानमा लामो समयदेखि रहँदै आएका दिपकले एनआरएनए जापानमा भने सन् २०१३ बाट क्षेत्रीय समिति निगाताको साधारण सदस्य हुँदै यात्रा सुरु गरेको थिए। त्यस पछि उप- संयोजक, संयोजकको हुँदै अहिले केन्द्रीय सह – कोषाध्यक्षको ज़िम्मेवारी सम्हालिरहेका छन् । उनले,एनआरएनएमा जोडिनु अघि पनि लाएन्स क्लब लगाएतका सामाजिक संस्थामा रहेर पनि काम गर्दै आएका थिए। दिपक हाल एनआरएनए बाहेक कास्की पोखरा जापानको उपाध्यक्ष तथा निगाता लाएन्स क्लबका अध्यक्षक एवं युथ फर सोसियल वेलफेयर नेपालको कन्ट्री रिप्रेजेन्टेटिभकारुपमा पनि सक्रिय छन् ।

दिपकले एनआरएनए जापानको आगामी कार्यकालको कोषाध्यक्ष पदमा दाबेदारी प्रस्तुत गर्दै आफ्ना योजनाहरु समेत सार्वजनिक गरेका छन् । यस्ता छन् उनका योजना तथा प्रतिवद्धताहरु

सन २०२१-२०२३ को कार्याकालमा पनि कोषलाई नजिकबाट नियालि आफ्नो जिम्बेवारी पुर्णरूपमा काम गर्दै आएको छु । र जापानबासी संपुर्णलाई डिजिटल मार्फतआर्थिक पारदर्शिता हुनेगरि काम पनि गर्दै आएको छु ।

अहिलेको वर्तमान समय प्रविधि र विज्ञानको समय हो। यदि निकट भविष्यमा म NRNA JAPAN को कोषाध्यक्ष पदमा निर्वाचित भएको खण्डमा NRNA JAPAN लाई कोष बृदि प्रविधि मैत्री बनाउने लक्ष्य लिएको छु।

आर्थिक डिजीटलाईजेसन गरेर सम्पुर्णले सुचना हेर्न चाहेको खण्डमा पारदर्शी रुपमा देखिने गरी प्रविधि मैत्री NRNA JAPAN बनाउने छु।NRNA JAPAN 2021-2023मा पनी प्रविधि मैत्री बनाउन तयारी भएको छ। कामले पुर्णता पाएको छैन। त्यही बॉकी कामलाई पुरा गर्नको लागी पनी मलाई सम्झनु हुनेछ भन्ने लागेको छ। पछिल्लो समय नेपालीको संख्या बढे संगै आईपर्न सक्ने समस्याको बारेमा पनि नयॉ टिममा छलफल गरी योजना बनाएर अगाडी बढ्ने छौं।

यदि मेरो विजय भएमा मैले गर्ने कामले संस्थाको गरिमालाई कति पनि घट्न दिने छैन । त्यसैले “संस्थागत समृद्धिको आधार, कोषाध्यक्षमा दिपकको उम्मेदवार” मैले नाराको रुपमा छानेको छु।

 

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार