टोकियो/जापान। गैरआवासीय नेपाली संघ(एनआरएनए )जापानको आगामी कार्यकालको कोषाध्यक्ष पदमा वर्तमान कार्यसमितिका सदस्य कर्साङ तामाङले उम्मेदवारी दिने घोषणा गरेका छन् ।

कर्साङले,एनआरएनए जापानको कोषको सहि व्यवस्थापन र चुस्त दुरुस्त लेखाअभिलेख राखी संघको कोष अभिवृद्धिको मुख्य एजेण्डा बनाएर आर्थिक पारदर्शितासहित कार्य गर्नका लागि समाजिक संजालमार्फत तामाङले कोषाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुन।

जापानमा व्यवसाय संगै विभिन्न संघ-संस्थाहरूमा आवद्द भएर नेपाली समुदाका विभिन्न सुख/दुखमा सहभागी हुँदै आएका उनले,एनआरएनए जापानको आर्थिक पाटोलाई थप पारदर्शी र कोष मजबुतीलाई जोड दिँदै दाबेदारी प्रस्तुत गरेका हुन् ।

कोषाध्यक्ष पदका आकांक्षी कर्साङ एनआरएनए जापान सन २०२१-२०२३ कार्यकालमा केन्द्रीय सदस्य, नेपाल तामाङ समाज जापानको (सन २०२२-२०२४ )कार्यकालको केन्द्रीय अध्यक्ष, नेफिन जापानको (सन २०२३-२०२५) कार्यकालमा संघीय परिषद सचिवलाय सदस्य र जनप्रगतिशील मञ्च जापानको(सन २०२२-२०२४) कार्यकालमा केन्द्रीय सदस्य पदमा रहेर क्रियाशील छन् ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार