टोकियो/जापान। गैरआसीय नेपाली संघ जापानको आगामी कार्यकाल(२०२३-२५)का लागि बिष्णु प्रसाद सुवेदी(बिश्व)ले उपाध्यक्ष पदमा उम्मेदारी दिने घोषणा गरेका छन्।

“एकता समन्वय र साझेदारीता आजको आवश्यकता,गैरआवासायी नेपाली अभियानमा हाम्रो सहभागिता”भन्ने नाराका साथ उपाध्यक्ष पदमा प्रत्यासी बनेका सुवेदी चिबा क्षेत्रका संस्थापक संयोजक हुन् भने कास्की पोखर समाज जापानका निवर्तमान अध्यक्ष समेत हुन्।

लामो समय कर्मभूमि जापानमा व्यतित गरेका सुवेदी नेपाली समुदायमा एक चिनिएका सामाजिक अभियन्ता हुन् ।
समाज सेवामा सधै अग्रपंक्तिमा देखिने सुवेदी यस अघिकै कार्यकालमा पनि सशक्त दाबेदार मानिएको थियो। तर त्यस समय कास्की पोखरा समाज जापानको नेतृत्वमा रहेकाले एनआरएनए अभियानलाई विश्राम दिएका थिए।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार