टोकियो/जापान। गैरआवासीय नेपाली संघ जापानको आगामी कार्यकाल(सन २०२३-२५)को लागि वर्तमान कार्यसमितिका महासचिव सिद्धार्थ श्रेष्ठले उम्मेदारी दिने घोषणा गरेका छन् ।
प्रवक्ता हुँदै एनआरएनए अभियानमा प्रत्यक्ष होमिएका श्रेष्ठ,एनआरएनए जापानको वर्तमान कार्यसमितिमा रहेर सम्पादन गरिएका काम तथा प्रवक्त रहँदै गर्दा,संस्थाभित्र आर्थिक अनियमितताको पाटोहरुलाई बाहिर ल्याएकाले एक थरी जापानबासी एनआरएनए अभियन्ताहरुमाझ परिचित छन्।
आगामी कार्यकालका लागि अध्यक्षकै दाबेदार मानिएका श्रेष्ठले सुरुवातीमा सन २०२३ – २५ का लागि अध्यक्ष पदमा उम्मेदारी दिने घोषणा गरेका भएता पनि व्यक्तिभन्दा पनि संस्था बलियो बनाईनुपर्दछ,संस्थामा सहमती र सहकार्य महत्वपूर्ण कुरा हो भन्दै,यस पटक आफु उपाध्यक्ष पदमा रहेर कार्य गर्ने निर्णय गरेको बताउँछन् ।
आफ्नो उपाध्यक्ष पदको उम्मेदारी घोषणा गर्दै,श्रेष्ठले सामाजिक संजलामा लेखेका छन् -“ब्यक्ती को के बन्ने कुरा होईन संस्थालाई कस्तो र के गराउने भन्ने बिषयले अर्थ राख्दछ। धेरै भन्दा धेरै साथि, शुभचिन्तकहरूले मलाई नेतृत्वमा देख्न चाहानु हुन्थ्यो। म पनि तयार नै थिए तर पनि संस्था राम्रो बनाउन टिममा केहि ब्यक्तिहरू छुट्न नहुने र क्षेत्रिय अधिवेशन चलिरहदा सर्वसम्मति बनाउनको लागि हामी आफुले पनि त्याग, धैर्यता गर्नु पर्छ भनेर सम्झाउने कुराहरू आफुले पनि लागु गर्ने कि नगर्ने भनेर पनि म यस कार्यकालमा अहोरात्र खट्नु भएको साथिहरू सहित टिममा रहेर काम गर्दा संस्था जुन स्पिडमा चलिरहेको छ अझ यस्ले सार्थकता पाऊनेछ भन्ने धारणा लिई अबको २०२३-२०२५ कार्यकालको लागि उपाध्यक्ष पदमा उम्मेदवार दिने निर्णय लिएको जानकारी गराउदछु। पक्कै पनि तपाईहरूले दिएको जिम्मेवारीलाई न्याय उचित काम गरेकोछु भने। तपाईहरूको निर्णायक मतलाई दान गर्दा पबित्र मनबाट नै मतदान गर्नु हुनेछ भन्ने मैले बिस्वास राखेको छु।”
श्रेष्ठले एक मतले जापानको हरेक सुख दुःख,समस्यामा समधान र सहकार्य गर्न सक्षम ब्यक्ति चुन्ने मत भएकोले हाम्रोलाई होईन राम्रोलाई छान्नका लागि आम मतदाताहरुलाई अनुरोध गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




