टोकियो/जापान। गैरआवासीय नेपाली संघ जापानको आगामी कार्यकाल(सन २०२३-२५)का लागि क्युस्यु क्षेत्रीय समितिका निवर्तमान संयोजक अर्जनु थापा (बगाले)ले उम्मेदारी घोषणा गरेका छन्।

थापा (बगाले),विगत १० बर्ष देखि जापानमा बसोबास गर्दै आइरहेका छन् भने जापानमा बसोबासको क्रममा विभिन्न सामाजिक संघ संस्थामा आबद्ध भई सक्रिय रुपमा काम गर्दै आइरहेका छन् ।

उनले,सन २०१६ मा फुकुओका नेपाल सोसाईटीको कार्यसमिति सदस्य, नेपाल जापान फ्रेन्डशिप लायन्स क्लबको संस्थापक अध्यक्ष, लायन्स क्लब नेपाल ३२५ जोन चियर पर्सन, हाम्रो नेपाल हामी नेपालीको अभियान सचिव, नेपाल फेस्टिवल फुकुओकाको सचिव, सन २०१९-२०२१ एनआरएनए क्युस्यु क्षेत्रीय कार्यसमिति सचिव, नेपाल फेस्टिवल फुकुओका २०२२ संयोजक र सन २०२१-२०२३ एनआरएनए क्युस्यु क्षेत्रीय कार्यसमिति संयोजक पदमा रहेर सामाजिक कार्य गर्दै आएका छन्।

क्षेत्रको जिम्मेवारी अत्यन्तै कुशलताका साथ सम्पन्न गरेका थापा(बगाले)ले,अझ सशक्त भएर सामाजिक कार्य गर्ने तिब्र इच्छा सहित एनआरएनए जापानको केन्द्रिय सचिव पदमा उम्मेदारी दिएका । थापा(बगाले)ले “विधि, विधान र नीतिमा सबलीकरण पारदर्शी एनआरएनएमा प्रबलीकरण” भन्ने उद्घोषका साथ, एनआरएनए जापानको १२ ओटै क्षेत्र सँग समन्वयन गर्दै विधि, विधान र नीतिको आधारमा संथागत रुपमा एकरुपता दिने योजनाका साथ काम गर्ने प्रतिबद्दता व्यक्त गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार