ओसाका/जापान । गैरआवासीय नेपाली संघ जापान कान्साई क्षेत्रिय समितिको नबौं अधिवेशन सम्पन्न भै सके पनि नेतृत्व चयनको बिषयमा संयोजक र सचिव पद बाहेक सबै पदहरु निर्विरोध भई सकेको छ । बाँकी रहेको सो दुई पदको लागि केन्द्रबाट मतदाता प्रमाणिकरणको सूचना प्राप्त भईसके पछि मात्र निर्वाचनको मिती तोक्न तयार रहेको र कान्साई निर्वाचन समितिले केन्द्रको चुनाव संगै गर्ने बताएको छ ।

यसै सन्दर्भमा “परदेशमा भाईचारा र एकता, स्वदेशमा लगानी र सेवा” भन्ने मुल नाराका साथ  संयोजक पदका लागि उम्मेद्धारी दिनु भएका नरबहादुर थापाले आफ्नो प्रतिवद्धा पनि अघि सारेका छन् । सन २००९ मा जापान आएका थापा सो भन्दा पहिले शिक्षण पेशामा रहेका थिए।

थापाले जापानमा रहेका विभिन्न नेपाली समाजहरुमा बसेर काम गरिसकेका छन्। थापा जीवनका अनेकौं उतार चढाव झेल्दै गल्कोट समाज जापान क्षेत्रिय समिति कान्साईको संस्थापक सदस्यबाट प्रवेश गर्दै गल्कोट समाज कान्साईमा दुई कार्यकाल सदस्यमा, दुई कार्यकाल सचिवमा र एक कार्यकाल सल्लाहकारमा काम गरेर सन २०१७ मा सह-सचिव पदमा निर्वाचित भई क्रमशः मानार्थ सदस्य, बरिष्ठ उपाध्यक्ष हुँदै गैर आवासिय नेपाली संघ जापान क्षेत्रिय समिति कान्साईको विभिन्न कार्यकालमा जिम्मेवारीको साथ कार्यसमितिको टिममा बसेर काम गर्दै आईरहेको र हाल एनआरएनए कान्साईका निवर्तमान उपसंयोजक हुन्।

थापाले सामाजिक काममा निकै अग्रसर हुने र नेपालीहरुलाई परेका हरेक पिर मर्कामा मल्हम लगाउने थुपै कामहरु गर्दै आएका छन् । सन २०२३-०२५ कार्यकालको लागि उम्मेद्धारी दिएका थापाले आफनो अमुल्य मत दिई विजय गराउन समेत अनुरोध गरेका छन् । यस्तो छ थापाको प्रतिवद्धताहरु

कान्साईमा नरबहादुर थापा कै नेतृत्व किन ?
सम्पूर्ण कान्साईबासी नेपाली दाजु भाई तथा दिदीबहिनीहरुमा हार्दिक नमस्कार
म नरबहादुर थापा गल्कोट समाज कान्साई देखि एनआरएनए कान्साईको बिभिन्न पदमा बसेर काम गर्दा इमान्दार भएर, प्रत्येक भौतिक मिटिङमा उपस्थित भएर, कार्यसमितिले गरेको निर्णय कटिबद्ध भएर कार्यान्वन गर्नु पर्छ भन्ने प्रष्ट बिचारधारा बोकेको ब्यक्ति हो । समाजमा हुने, घट्ने बिभिन्न सामाजिक गतिविधिको सहयात्री हो । त्यसैले म १५ बर्ष जापानमा बस्दै गर्दा, मैले देखेको, भोगेको, जानेको, बुझेको र भविष्यमा आइपर्न सक्ने घट्ना, परिघट्नालाई यो यो तरिकाले जाँदा व्यवस्थित गर्न सकिन्छ भन्ने हिसावले मैले अहिले सम्मको अनुभव अनुसार केही एजेण्डाहरु क्रमशः प्रस्तुत गर्दछु ।
१.कान्साईबासी हरेक नेपालीहरुको दु:ख सुखमा हातेमालो गर्न ।
२.कान्साईमा बसोबास गर्ने नेपालीहरुको तत्थ्याङ्क संकलन गर्न ।
३. कान्साई बढ्दो विधार्थीको चाप, विधार्थीको समस्या समाधानको लागि नियमित हेल्पडेस्को व्यवस्था गर्ने ।
४. कान्साईमा महिलाहरुको समस्याको समाधानको लागि छुट्टै महिला बिभाग तयार गर्ने ।
५. कान्साईमा खेलकुद विभागको स्थापना गर्ने ।
६. कान्साईमा क्रियाशील सम्पूर्ण संघसंस्था संग समन्वय गर्दै, संघसंस्थालाई एनआरएनए कान्साईको आधारभुत संरचनाको रुपमा विकास गर्न ।
७. कान्साईमा धार्मिक सहिष्णुता, संस्कार संस्कृती र चाडपर्व लगाएत सामाजिक मुल्य मान्यतालाई व्यवस्थीत गर्न ।
८. कान्साईमा राष्ट्रीय स्तरका कार्यक्रम, खेलकुद, चाडपर्व, अतिथी कलाकार, नेपाली नयाँ वर्ष, अंग्रेज़ी नयाँ वर्ष, तीज, दशै, तिहार, सोनाम ल्होसार लगाएतका जातीय पर्बहरुलाई सम्पूर्ण संघसंस्थाको साझा निर्णयबाट (calendar base) बार्षिक कार्यतालीका अनुसार कार्यक्रम गर्ने गराउने व्यवस्था गर्ने ।
९. एनआरएनए कान्साईको टिममा, विभिन्न संघसंस्थाबाट मनोनित सदस्य, मानार्थ सदस्य तथा सल्लाहकारको रुपमा नियुक्त गर्ने ।
१०. कान्साईमा खटपट भएको भाईचारा स्थापित गर्ने ।
११. कान्साईमा मर्दा,पर्दा, भैपरी आँउदा आबश्यक अबस्थाको अध्ययनगरी संस्थाको बिधिपद्धती अनुसार कम्तिमा  १०००¥ यन बाट आर्थिक अभियान सुरु गर्ने ।
१२. कान्साईमा संस्थाको सेवा क्षेत्र किटानगरी आवश्यकता अनुसार क्षेत्रिय उप समिति गठन गर्ने ।
१३. कान्साईमा सामाजिक चेत बोकेका बुद्धिजीवीहरुलाई समाजसेवामा जोड्नको लागि विभाग गठन गर्ने ।
१४. कुक दाजुभाईमा पर्न गएका समस्याहरु समाधानको लागि, आवश्यक परामर्शको लागि विभाग गठन गर्ने स समस्या समाधान गर्ने ।
१५. कान्साईमा ब्यवसायिक समाज निर्माण गर्ने ।
१६. कानसाईमा गरिने सम्पूर्ण गतिविधिलाई, डाटावेस गर्ने ।
१७. संस्थामा क्षेत्रिय प्रयोजनको लागि आफ्नै बिधान निर्माण गर्ने ।
१८. संस्थामा आजीवन सदस्यता वितरण गर्ने बिधी बिधानतः ब्यबस्था गर्ने ।
१९. संस्थाले ससाना बालबालीकाहरु नेपाली भाषा, कला संस्कृति चाडपर्व बारेमा सिकाउनको लागि संभव भए सम्म नेपाली स्कूल, नभएमा कान्साईको बिभिन्न शहरको केन्द्रमा नेपाली भाषा कक्षाहरु संञ्चालन गर्ने ।
२०. संस्थालाई चुस्त र दुरुस्त राख्न अनुशासन विभाग गठन गर्ने ।
२१. संस्थामा स्मारीका प्रकाशन गर्ने .
२२. संस्थामा पुरानो कार्य समितिले गर्न नसकेका राम्रा कामहरुलाई निरन्तरता दिने ।
२३. संस्थामा योग्यता र क्षमता सहितको निर्बाचन बिभाग, दर्ता बिभाग र प्रकाशन बिभागको लगाएतको Digitally गठन गर्ने ।
२४. संस्थामा कला र साहित्य विभाग गठन गर्ने ।
२५. कान्साईमा जाहिरियो कार्ड (Residence Card)को आधारमा एनआरएनए जापान सदस्याता बन्न पाउने बहश निरन्तर केन्द र आइसिसी संग गर्ने ।
२६. सबैले बुझेको कुरा हो । आइसिसीले डाटा नदिएको कारण एनआरएनए कान्साई लगाएत जापानका सबै क्षेत्रिय समितीमा निर्बाचन गराउन गाह्रो भयो अवैज्ञानिक निर्बाचन प्रणालीको कारण । त्यस्को लागि अहिलेको क्षेत्रिय समितीको संरचना अनुसार, १२ ओटै क्षेत्रको क्षेत्रिय समितिको टिमले (१२/२५) गरी ३०० जनाको  टिमले केन्द्रीय नेतृत्व चुन्न सकेमा मात्र शसक्त केन्द्रीय नेतृत्व आउने र यही प्रक्रिया अनुसार संसारको ८० मुलुकले आइसिसिको नेतृत्व चयन गर्नेगरी अगाडी बढ्नपर्छ भन्ने मान्यता स्थापित गर्न जापान रहेका १२ ओटै क्षेत्रिय समितिसंग शसक्त बहश चलाउनको लागि एनआरएनए कान्साईले नेतृत्व गर्ने र क्षेत्रिय समितिलाई शसक्त बनाई अघि बढ्नु पर्छ भन्ने मान्यता जापान ब्यापी स्थापित गर्न ।
२७. सबै नेपालीहरुको गौरव, नेपाल फेष्टिबल सम्पन्न गर्ने ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार