टोकियो/जापान। गैरआवासीय नेपाली संघ (एनआरएनए)जापानको आगामी कार्यकाल(सन २०२३-२५)का लागि टिकाराम खरेलले महासचिव पदमा उम्मेदारी दिएका छन् ।

एनआरएनए अभिन्यता,खरेलले,महासचिव पदमा आफ्नो उम्मेदारी दिएको बताएका छन्। सामाजिक संजाल मार्फत जापानबासी गैरआवासीय नेपालीहरुलाई सम्बोधन गर्दै खरेलले,’इमान्दारिता पारदर्शिता र लगनशिलता सक्षम सवल र साझा एनआरएनए मेरो प्रतिवद्धता’भन्ने मुल नाराका साथ महासचिव पदमा उम्मेदारी दिएका हुन्।

यस अघि पनि,एनआरएनए जापानको सोहि पदका प्रत्यासी रहेका खरेल,पुनः यस पटक सोहि पदमा रहि एनआरएनए जापानमा पारदर्शी र वैज्ञानिक रुपमा एनआरएनएको सदस्यता वितरण, एनआरएनएको विश्वसनियता बढाऊने लगायतका सकारात्मक कार्यहरु सम्पादन गर्ने प्रतिवद्धताका साथ आएका हुन् ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार