टोकियो/जापान। गैरआवासीय नेपाली संघ(एनआरएनए)जापानको आगामी कार्यकाल (सन २०२३-२५)को लागि कमल बाँस्तोलाले महासचिव पदमा उम्मेदारी दर्ता गराएका छन् ।

बाँस्तोला,हाल एनआरएनए जापानको सदस्य पदमा क्रियाशिल छन् भने यसका साथै कास्की पोखरा समाज जापानमा बिगत २ कार्यकाल उपाध्यक्षको रुपमा पनि रहँदै आएका छन् ।

विद्यार्थीकारुपमा जापान आएका बाँस्तोला,बिगत १० वर्ष बाट जापानी कम्पनि मा कार्यरत छन् । बाँस्तोला भन्छन् -“जापानको भाषागत स्किल, कम्प्युटर स्किल तथा जापान र नेपाल को काम गर्ने अवस्था बुझेको हिसाबले मैले एनआरएनए महासचिवमा काम गर्दा एनआरएनए जापानको प्रशासनिक काम तथा एनआरएनए जापानका कामकारबाहीहरु चुस्त दुरुस्त बनाउन सकिने भन्ने बिश्वास को साथ मैले एनआरएनए जापानको सन सन २०२३ -२५ कार्यका को लागि महासचि मा उम्मेदवारी दिएको हुँ।”

बाँस्तोला,आफ्नो अग्रसरतामा,आइएचएनओ छात्रवृत्तिबाट, ५०० जना भन्दा बढी नेपाली बिधार्थी हरुले १० करोड भन्दा बढी को छात्रवृत्ति प्राप्त गरिसकेको दावी सहित महासचिवका प्रत्यासीकारुपमा आएका छन् ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार