टोकियो/जापान। गैरआवासीय नेपाली संघ(एनआरएनए)जापानको यहि जुलाई जुलाई ३० तारिख हुने निर्वाचनका लागि परेका उम्मेदारहरुको नामावाली प्रकाश गरिएको छ।

निर्वाचन समितिले प्रकाशित गरेको नामावली अनुसार,अध्यक्ष पदमा ४ जन, उपाध्यक्ष पदमा ८ जान,महिला उपाध्यक्ष पदमा २ जना,महासचिवमा ३ जना,कोषध्यक्ष पदमा ४ जना,सचिव पदमा ६ जना, सह-कोषध्यक्ष पदमा २ जना ,युवा संयोजकमा २ जना, सदस्य पदमा १७ जना,महिला सदस्यमा २ जना,आईसिसि सदस्यमा ९ जनाको उम्मेदवारी परेको छ ।

यस नामावली अनुसार,महिला सचिवमा चन्द्र केसी र महिला सह-कोषध्यक्षमा अन्जु भन्डारी तथा महिला संयोजकमा हेमा पाण्डे निर्विरोध चयन भएका छन्।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार