टोकियो/जापान। गैरआवासीय नेपाली संघ(एनआरएनए)जापानको आगामी कार्यकाल(सन २०२३-२५)कार्यकालको लागि सचिन श्रेष्ठले उपाध्यक्ष पदमा उम्मेदारी दर्ता गराएका छन् ।

करिब दुई दशक देखी जापानमा रही हाल टोकियो सिनओकुवोमा रेस्टुरेन्ट व्यवसाय संचालन गर्दै आएका सचिन,सन २००८ देखी नै एनआरएनए अभियानमा संलग्न भई सन २०१७-१९ मा केन्द्रीय सदस्य तथा सन २०१९-२१ को लागि सह-कोषाध्यक्ष पदमा रही सक्रियताका साथ यस अभियानमा जुट्दै आएका छन् ।

अघिल्लो, निर्वाचनमा कोषाध्यक्ष पदमा उम्मेदारी दिएका सचिनले पराजय ब्यहोरेका थिए। यद्यपी,एक हारबाट बिचल्त नभइ आफु पूर्णरूपमा एनआरएनए अभियानमा निरन्तर लागिरहेको र त्यसैको निरन्तरता स्वरुप अहिले उपाध्यक्ष पदमा उम्मेदारी दिएको बताउँछन् उनि ।

सचिनले,विगतमा दिनमा देखीएको आर्थिक अनियमितता तथा संस्थाको कोष दुरुपयोग आदिमा अभियानमा लागेकै केही व्यक्तिहरूको संलग्ताले गर्दा सिङ्गो संस्थाको गरिमामा गम्भीर आँच आएको उल्लेख गर्दै, संस्थालाई शुद्धीकरण गर्नको लागि यस अघि पनि प्रयास गरेको र अब थप प्रयत्न गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन्।।

मेरा आफ्ना कमी कमजोरीहरूलाई आत्मसमिक्षा गर्दै एनआरएनए जापानलाई एक नमुना संस्था बनाउन म हरदम लागि पर्ने प्रतिबद्धता सहित सचिनले जापानबासी गैरआवासीय नेपालीहरु माझ भोटको लागि अपिल गरेका छन् ।

एनआरएनए जापानको निर्वाचन यहि,जुलाई ३० तारिख,भेरो भोटिङ सिस्टममा आधारित अनलाईन मार्फत हुनेछ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार