टोकियो/जापान। गैरआवासीय नेपाली संघ(एनआरएनए)जापानको आगामी कार्यकाल(सन २०२३-२५)को लागि दिनेश लोहनीले केन्द्रिय सदस्य पदमा उम्मेदारी दर्ता गराएका छन्।

बिगत १२ बर्षदेखि जापान बस्दै आएका लोहनी,अध्ययन सक्काएर पछिल्लो ८ वर्षदेखि जापानमा आफ्नो व्यवसाय गर्दै आईरहेका छन्। लोहनी व्यवसायसंगै निरन्तर विभिन्न सामाजिक संस्थाहरुमा आबद्धता रहँदै आएका छन् । धादिन्ग समाज जापानको महासचिव वरिष्ठ उपाध्यक्ष तथा अध्यक्ष समेत भइ सफल कार्यकाल सम्पन्न गरिसकेका छन् भने,एनआरएनए जापानको मानार्थ सदस्य तथा वर्तमान कार्यसमितिको सल्लाहकारका रुपमा सक्रिय रहँदै आएका छन्।

धादिङ समाज जापानको सफल नेतृत्वसंगै,विभिन्न सामाजिक कार्यहरु मार्फत नेपाली समुदायमा परिचित लोहनी, नेपालका आवश्यक ठाउँहरुमा थप सेवा गर्न सकियोस् र जापानमा बस्ने नेपालीहरु को समस्या विगत १२ बर्षदेखि नियाली रहेको र आवश्यक समाधान पनि एनआरएनए जापान जस्तो संस्थामा आबद्ध रही नेपाल र जापान बिचको सम्बन्ध जनस्तरमा पुर्याउनुको साथै प्रबिधि रूपान्तरण सम्म सहकार्य गर्न सकिने बिश्वासको साथ कार्यसमिति (२०२३-२०२५ ) सदस्यको रुपमा उम्मेदवारी दर्ता गराएको बताउँछन् ।

एनआरएनए जापानको यहि जुलाई २९ तारिख ११ औँ अधिवेशन तथा ३० तारिख निर्वाचनको मिति तय भएको छ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार