पछिल्लो समय जापानमा नेपालीहरुको संख्या झन्डै एक लाख पचाँस हजार भन्दा माथि रहेको छ भने आधा भन्दा धेरै संख्या नेपाली रेस्टुरेन्टमा कार्यरत कर्मचारीहरु ( कुक) र उनिहरुका परिवार मात्रै रहेका छन।जापानमा नेपाली रेस्टुरेन्टमा कामको लागि सामान्य तहको शैक्षिक योग्यता र रेस्टुरेन्टमा काम गरेको अनुभवको प्रमाणपत्र भए भिसा अप्लाई गर्न सकिने भएकोले पनि नेपालीहरुको संख्या बढ्दो क्रममा रहेको छ पाइन्छ यदपी नेपाल सरकार तथा जापानमा रहेको गैर आवासीय नेपाली संस्था (एनआरएनए) बाट पनि उनिहरुले तिर्नुपर्ने निश्चित शुल्कको बारेमा कुनै मापदण्ड पनि तोकिएको छैन आशा गरौँ अब आउने एनआरएनएको नयाँ कार्यसमितिले यसलाई आफ्नो प्रमुख एजेन्डा बनाई आउँदो कार्यकाल अवधिमा एउटा निश्चित मापदण्ड तय गर्नेछ र गर्नै पर्छ पनि।
एनआरएनए नेपाल सरकारबाट मान्यता पाएको प्रवासीहरुको अभिभावको रुपमा ठानिएको संस्था भएतापनि पछिल्लो समय जापानमा कुल जनसंख्याको १ चौथाईले पनि साधारण सदस्यता लिएका छैनन त्यसैले यहिबाट पनि बुझ्न सकिन्छ जापानमा NRNA कति गैह्र जिम्मेपन छ भनेर। NRNA सबैको साझा संस्था भएतापनि यो भित्रभित्रै गुट, उपगुट , राजनीति खिचतानि, पदिय मोह र झुटा आश्वासनबाट गुज्रदै आएको छ।पदको लोभको लागि आफ्ना घोषणापत्रमा उल्लेख गरेका योजनाहरु भुलेर नैतिकता गुमाउन पनि पछि नपरेको ताजा प्रमाण गएको चुनावी नतिजाले प्रष्ट पार्दछ। NRNA को यस्तै अनैतिक कार्य, गैह्र जिम्मेवारीपन र पदिय लोभले गर्दा जापानमा नेपालीहरुको संख्यामा वृद्धि भएतापनि आगामी दिनमा साधारण सदस्य लिने नेपालीहरुको अझ घट्न सक्ने कुरामा कुनै शंका छैन भन्दा पनि गलत सावित नहोला। त्यसैले यसलाई समाधान वा सदस्य संख्या बढाउनको लागि सिङ्गो संस्थाका कार्यसमिति नै जिम्मेवारीपुर्ण रुपमा खटिन अत्यन्तै जरुरी देखिन्छ।
विशेषगरी जापानमा नेपाली रेस्टुरेन्टमा कामदारहरुले भोग्ने गरेका समस्याहरु
विशेषगरी जापानको अधिकांश कम्पनिहरुमा हप्तामा ८ घण्टाको दरले ५ दिन काम र २ दिन विदा दिने नियम रहेको छ तर हप्तामा ४० घण्टा भन्दा बढि भएमा त्यसलाई overTime को रुपमा पारिश्रमिक दिने गरेको पाइन्छ ।जापानमा रहेका केहि नेपाली रेष्टुरेन्टहरुमा कर्मचारी प्रति गरिने व्यवहार , कर्मचारीहरुलाई दिने सेवा, सुविधा,तलब लगायत अन्य कुराहरु राम्रो रहेतापनि अधिकांशको हकमा भने यसो हुन सकेको छैन। विशेषगरी नेपालबाट आएको सुरुवाति समयमा सिकाईको लागि भन्दै पैसा नदिने, एकजनाबाट १२-१५ लाख सम्म रकम अशुल्ने, आएको २/३ महिनापछि कामबाट नै निकालिदिने( उक्त स्थानमा नयाँ कामदार नेपालबाट ल्याउन) , काम गरेबापत अत्यन्तै न्युन तलब दिने, हप्तामा १ दिन बिदा दिने कुनै कुनैमा बिहान काम गरेर साँझको समयमा मात्र बिदा दिने साथै कुनै कुनैमा महिनामा २ दिन मात्रै बिदा दिने गरेको कुरा सुनिन्छ यसैगरी कर्मचारीले काम गरे बापत समयमै तलब दिन किचकिच गर्ने, भिसा अवधि सकिन लाग्दा अपडेटको लागि महङ्गो शुल्क लिने, कहिलेकहीँ मादकपदार्थ सेवन गरेर कर्मचारीहरुलाई नै धम्क्याउने , पारिवारिक भिसाको लागि कागजात दिन गार्हो मान्ने लगायत विभिन्न समस्याहरु नेपाली रेस्टुरेन्टमा कार्यरत अधिकांश कर्मचारीहरुले भोग्ने गरेको सुनिन्छ। यि र यस्ता किसिमका समस्याहरु सधैँ उस्तै हुनुमा रेस्टुरेन्टका सन्चालक आफ्नै नजिकको नातेदार हुनु, केहि समस्या राखेमा कामबाट नै निष्कासित गरिदिला भनेर डराउनु र आफ्ना समस्या र गुनासाहरु सुनिदिने सम्बन्धित निकाय नभएको कारणले गर्दा पनि यस्ता समस्याहरु भित्र भित्रै लुकेर बसेका छन साथै बेला-बेलामा आत्महत्या लगाएत विभिन्न घटनाहरु पनि बाहिर आउने गरेको पाईन्छ त्यसैले गर्दा नेपालबाट जापान आउने तयारी गर्दै गर्दा आफुजान लागेको सम्बन्धित क्षेत्रमा काम तथा सीपको बारेमा दक्षता हासिल गर्न जरुरी छ साथै जापानीज भाषा पनि महत्वपुर्ण हुने भएकोले जुनसुकै भिसामा आएपनि भाषा सिक्न अत्यन्तै जरुरी रहेको हुन्छ। पछिल्लो समय बेला बेलामा जापानमा अनैतिक किसिमका घटनाहरु पनि सुन्ने गरेको पाईन्छ र उक्त घटनाहरु बढि कुक पेसामा काम गर्ने व्यक्तिहरुबाट नै घटेको पाइन्छ विशेषगरी जापानीज केटिहरुलाई मादक पदार्थ सेवन पश्चात बाटोमा देखे जिस्काउने , कम्बिनी ,सुपा लगायत सार्वजनिक स्थलमा गएर होहल्ला गर्ने जस्ता घटनाहरु बाहिर आउने गरेको हुनाले यस्ता कुराहरुमा विशेष संयमित हुन जरुरी देखिन्छ । यस्ता घटनाहरु केहि सीमित व्यक्तिहरुबाट मात्रै हुने गरेको पाईन्छ।
NRNA का अधिकांश उम्मेदवारहरु नेपाली कुकहरुको बारेमा किन मौन छन?
विगतमा र अहिले पनि जापानमा रहेका नेपाली रेस्टुरेन्टमा कार्यरत कर्मचारीहरुको हकहितमा खुलेर नै मुद्दा उठाएका NRNA का उम्मेदवारहरु खासै देख्न पाईदैन किनभने अधिकांश उम्मेदवारहरु नै नेपाली रेस्टुरेन्टका सन्चालक रहेको पाईन्छ त्यसैले उनिहरुको मुद्दा लिएर अघि बढ्ने हो भने सबैभन्दा पहिले आफुले नै पालना गर्नुपर्ने हुन्छ यसकारण पनि अधिकांश उम्मेदवारहरु मौन रहेको होकी भन्ने धेरैको बुझाई रहेको पाईन्छ।
NRNA संस्था प्रवासीहरुको समस्या तथा हकहितको लागि काम गर्ने भएको हुनाले जापानमा नेपाली रेस्टुरेन्टमा कार्यरत कर्मचारीको न्युनतम निश्चित तलब दर तोकेर कार्यन्वयनमा ल्याउन जरुरी छ साथै उक्त मापदण्ड अगाडी बढाउन NRNA का क्षेत्रीय सङ्गठनहरु सङ्ग समन्वय गरी उनिहरुलाई कार्य तथा जिम्मेवारीको बाँडफाँड गरे अघि बढाउन नितान्त जरुरी देखिएको छ।
यसैगरी नेपालबाट नेपाली रेस्टुरेन्टमा काम गर्न आउने कर्मचारीहरुको लागि पनि नेपाली राजदुतावास र नेपाल सरकारसँग समन्वयन गरी आउने शुल्कको लागि निश्चित रकम तोकेर आउने व्यवस्था कार्यन्वयनमा ल्याउन सक्ने हो भने नेपालीबाट नेपाली नै लुटिने अवस्था अलिक कम हुने थियो कि?
अन्त्यमा: यसरी माथिका कुराहरु लेख्दै गर्दा जापानमा रहेका सबै रेस्टुरेन्टका मालिकहरु गलत छन भन्न खोजेको चाहीँ पक्कै होइन र सबै कामदारहरु पीडित नै छन भन्न खोजेको पनि होइन तर यतिबेला जापानमा NRNA को चुनावी माहोल बढ्दै गएको र आफ्ना घोषणापत्रहरु नेपाली समुदाय विच पुर्याउन विभिन्न मिडिया तथा सामाजिक सन्जालमा एक अर्कामा तछाडमछाड गरेको हुनाले जापानमा रहेका समस्याहरु मध्ये यो पनि प्रमुख समस्या भएको हुनाले दुवै पक्षबाट देखिएको कमिकमजोरी तथा सुधार गर्नुपर्ने कुराहरुमा केहि ध्यान पुग्छकी! भनेर मात्र यो लेख तयार पारिएको छ।
सम्पुर्ण उम्मेदवारहरुमा जीतको लागि अग्रिम शुभकामना।
“सक्षम र योग्य व्यक्ति रोज्ने अधिकार हाम्रै हातमा छ त्यसैले सहि व्यक्ति चिनेर आफ्नो अमुल्य भोटको सदुपयोग गरौँ।”
धन्यवाद
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




