टोकियो/जापान। गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद(आईसीसी)सदस्य पदमा जापानबाट प्रतिनिधित्व गर्नेहरुबिच सहमती भएको,निर्वाचन समितिको जानकारीप्रति,उम्मेदारी दर्ता गराएका सुमन कार्कीले आपत्ती जनाएका छन्।

कार्कीले नेपालन्युजपोस्टसंग कुरा गर्दै भने “मैले उम्मेदारी दर्ता गराएको थिएँ तर फिर्ता लिएको छैन।” कार्कीले भने- “तोकिएको नियमभित्र रहि मैले दर्ता गराएको उम्मेदारी मैले फिर्तानै नलिएको अवस्थामा मेरो नाम हटाएर ६ जनाको नाम मात्र राखेर अन्तिम नामावली भन्दै प्रकाशन गरिएको छ। बिना कारण मेरो उम्मेदारी हटाएको भन्दै निर्वाचन कमिटिले मलाई मेल गरेको छ।यस्तो मनोमानी र एकलौटी निर्णय मलाई स्विकार्य छैन।”

निर्वाचन कमिटिले,आफुलाई अवैधानिक तवरले हटाएको भन्दै कार्कीले निर्वाचन कमिटिमा निवेदन पेश गरिसकेको बताएका छन् ।

यस्तो छ कार्कीले सामाजिक संजालमा सार्वजनिक गरेको आफ्नो निवेदन ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार