“गैर आवासीय नेपाली” भन्नाले नेपाली मूलको विदेशी नागरिक सम्झनु पर्छ र सो शब्दले विदेशमा बस्ने नेपाली नागरिक समेतलाई जनाउँछ । यसरि प्रदेशमा रहेका नेपालीहरुको हक ,हितका खातिर स्थापित संगठन नै गैर आवासीय नेपाली संघ हो । विभिन्न देशमा रहिआएका नेपालीहरूको हक, हित र संगठनलाई सुदृढ गर्ने उद्देश्यका साथ यो संस्थाको स्थापना २००३ अक्टोबर ११ मा भएको थियो । साथै, पर्यटन प्रबर्दन गर्ने तथा नेपालमा लगानी भित्र्याउने यसको अर्को प्रमुख उद्देश्य थियो ।यो संस्थाले स्थापनाकालको झन्डै दुई दशकमा विभिन्न उतारचढावको सामना गर्दै आइरहेको छ । साथै, यसको दायरा, उद्देश्य र सीमा पनि विस्तारित भएको छ ।
एनआरएनएलाई बुझ्नका लागि एनआरएनएको इतिहास बुझ्न जरुरी हुन्छ । एनआरएनएको आधिकारिक वेबसाइटमा एनआरएनको स्थापनाको उद्देश्यलाई हेर्ने हो भने पहिलो वाक्य यस्तो लेखिएको छ – ‘Non-Resident Nepali Association (NRNA) was established with the purpose of uniting and binding the Nepali Diaspora under one umbrella on 11 October, 2003.
यसको स्थापनाको उद्देश्यलाई अध्ययन गर्दा जो कसैको मन छुन्छ । विदेशिन बाध्य नेपालीहरुलाई एउटा छातामुनि राखेर उनीहरूको हक र हितका लागि लड्नु भनेको नेपालीको लागि गर्वको कुरा हो । यो एउटा पवित्र कार्य पनि हो । ।गैह्र आवासीय नेपाली संघको बारेमा थप चर्चा गर्नु पर्दा ‘गैरआवासीय नेपाली भन्नाले नेपाली मूलको विदेशी नागरिक वा दुई वर्षभन्दा बढी नेपाल सरकारबाट खटिई विदेशस्थित नेपाली नियोगमा वहाल रहेको, विदेशस्थित शिक्षण संस्थामा अध्ययन गरिरहेको नेपाली नागरिक र दक्षिण एसियाली सहयोग संगठन अन्तर्गतका मुलुकहरू बाहेकका अन्य देशहरूमा पेशा, रोजगारी वा व्यवसाय गरी बसोबास गर्ने नेपाली नागरिकलाई जनाउँदछ ।’ भनेर संस्थाको बिधानमै उल्लेछ गरेको छ । यसरि हेर्दा अहिले विश्वका विभिन्न मुलुकमा रहेका धेरै नेपालीहरुमध्ये अधिकांशलाई एनआरएन भनेर मान्न सकिन्छ । विश्वको जुन सुकै मुलुकमा पनि नेपाली नपुगेको सायदै होलान । त्यसैले पनि एनआरएनएको गरिमा र भुमिका दुबै कुराले अत्यन्तै महत्व राख्दछ ।
नेपाली प्रदेशिनु भनेकै आफ्नो देशमा कुनै न कुनै समस्यामा पर्नु हो ।चाहे त्यो आर्थिक राजनैतिक वा शैक्षिक नै किन नहोस । दुईछाक टार्न र बालबच्चा पाल्न को लागि प्रदेशिनु पर्ने नेपालीको संख्या धेरै छ । पछिल्लो समय दैनिकि राम्रै चल्दा चल्दै पनि आर्थिक पाटो अझै सबल बनाउन तथा अध्ययनको सिलसिलामा विदेश पसि बिदेशमै भबिश्य खोज्ने नेपालीहरु पनि उत्तिकै मात्रामा देखिन्छन् । यो हुदा पछि समग्रमा (एनआरएन ) नेपालीको बिषयमा अध्ययन गर्दा गरिबिले पिल्सियका , दुईछाक टार्न समस्यामा रहेका, आफ्ना बुढा बाबा आमाको मुहारमा खुसिको बाहार छर्न र साना लालाबालाको भबिष्य चम्काउन कुनै न कुनै हाबानामा प्रदेशियका हुन् । अब प्रश्न आउछ ,के एनआरएनएले तिनिहरुको हक हित र समस्या समाधान सम्म पुग्न सकेको छत ? जवाफ लेखिरहन पर्छ जस्तो लाग्दैन । सजिलै जो कसैले जुन सुकै ठांउमा पनि जवाफ दिन सक्छ । यति बेला नेपालीले चिनेको एनआरएनए पनि यहि नै हो जस्तो लाग्छ ।
नेपालमा साधारण जनताले पनि एनआरएन भनेका त विकसित मुलुकमा बस्ने, अरबपति, करोडपति वा सम्पन्नशाली हुन् भनेर बुझ्ने गरेका छन् । त्यति मात्र होइन, एनआरएनहरु भनेका विकसित राष्ट्रका ग्रिनकार्ड वा पीआर एजु , विदेशकै परिचय पत्र पाएका धनिहरु हुन् । उनुहरु संग सम्बन्ध बनाउन सक्यो भने वा पारिवारिक नाता जोड्न सक्यो भने ठुलै सफलता प्राप्त गरेको महसुस गरिन्छ । उदाहरणका लागि पिआर वा एजु होल्डरलाई कुनै कुराको संकोच नमानि ज्वाई बनाएको तपाई हाम्रै समाजमा प्रसंस्तै देख्न र सुन्न पाईन्छ ।
शिर्षकको पहिलो पक्षलाई संबोघन गर्दै उल्लेख गर्नु पर्दा समग्र विस्वमा एनआरएनए अहिले यस्तो संस्थाका रूपमा पनि स्थापित भएको छ जसको नेतृत्वमा पुग्न सम्पन्न हुनैपर्छ । उद्योगी, व्यापारी, हुण्डीवाल, कन्सल्टेन्सी सञ्चालकहरू नै नेतृत्वमा पुग्नुले यसको पुष्टि गर्छ । संस्थाको नेतृत्व जो कसैले पनि गर्न पाउदछ । यहा नेर नेतृतवमा को पुगे वा पुगेन भन्ने सवाल होइन ।माथि उल्लेख भए जस्तै समस्या नै समस्याले जगडियको वर्गले नेतृत्व गर्न पायो कि पायन त ? खास समस्याहरु संस्थाको केन्द्रसम्म पुगे कि पुगेनन् त ? जस्ता अनुत्तरित याबात प्रश्न हरु प्रश्न मै सिमित छन् । समस्या त त्यहाँ हुन्छ जब अल्पसंख्यकको प्रतिनिधिले बहुसंख्यकलाई नेतृत्व गर्न खोज्छ । अनि, समस्या बन्छन् मुख्य एजेण्डाहरू । अनेक बखडा बाजिगरेर भए पनि नेतृत्व मा उद्योगि पुग्छ । उद्योगि नै नेतृत्वमा पुगे पछि उद्योग व्यापार सम्बन्धि कुरा उठाउनु स्वभाविक नै हो । उनिहरुको मुख्य एजेण्डा भनेको कसरी लगानी गर्ने, कसरी व्यापार गर्ने भन्ने रहन्छ । यसकारण, सबभन्दा पीडित समूहरूका एजेण्डाहरू स्वतः छायाँमा पर्दै जान्छन् । यसरि हेर्दै जादा नेतृत्वमा पुर्याउने वर्गका समस्याहरू जहांको त्यहा रहन गएको छ । केहि काम भएका छैनन् भन्ने चाहि हुदै होईन । समस्याको सम्बोधन हुनका लागि तिनीहरू पनि नेतृत्व तहमा पुग्ने वातावरणको श्रृजना गर्नु अत्यन्त जरुरी छ । तर, समग्रमा अहिलेको एनआरएनएको सांगठनिक चित्रलाई बुझ्ने र हेर्ने हो भने त्यस्तो हुन सकेको छैन ।
२०२२ को मध्य तिर आई पुग्दा अनेक खिचातानिका कारण एनआरएनए एउटा नेपालीको को संस्था हो कि कुनै राजनैतिक दल हो भन्ने भ्रम नेपाली समुदायमा पर्न गएको देखिन्छ । २०२२को चुनाव त्यो चुनाव पछिका हरेक गतिबिधि हेर्ने हो भने नेपालको राजनैतिक खिचातानि र NRNAसंस्थाको पदका लागि भएका खिचातानि उस्तै उस्तै देखिन्छन । एनआरएनए संस्था आफैमा गलत नहुदा नहुदै पनि एनआरएनए भन्ने शब्द सुन्दा बित्तिकै गलत अर्थ बुझिने गरि गतिबिधि हुनु नेपालीको लागि दुखद कुरा हो ।
एउटा कुरा के मान्न सकिएला भने सफल व्यापारी, उद्योगीसँग यो संस्थालाई दिने पैसा र समय दुवै होला जति विद्यार्थी र कुक पेसामा रहेको नेपालीको नहोला । हरेक दिन काम गरेर हातमुख जोर्ने एउटा मान्छेले म समाजसेवा गर्छु वा म नेतृत्व गर्छु भनेर भन्न नसुहाउला तर त्यसो भन्दैमा नेतृत्वलाई सामाजिक हिसावले समावेशी बनाउनै सकिन्न भन्नेचाहिँ होइन । जापानको मामिलामा पनि सबभन्दा पीडित पक्ष कुक पेसा र विद्यार्थीलाई पनि अटाउन सक्ने वातावरण बनाउनु प्रमुख चुनौती रहेको छ । हुन त अन्य पेसामा रहेका नेपालीहरु समस्यामा परेका छैनन् भन्ने चांहि हुदै होईन । काम गर्दै जादा बिभिन्न पोजेटिभ तथा नेगेटिभ टिकाटिप्पणि आउनु स्वभाविक नै हो । संस्थाले पोजेटिभ कुरा सबै नेपाली सम्म र नेगेटिभकुरालाई सबैले बुझ्ने गरि प्रष्ट पार्नु जरुरि हुन्छ । तर त्यसो हुनुको साटो झन द्वन्द गरेको जस्तो नेपाली समुदायमा पर्न गएको छ । NRNAले यो कुरालाई चिरफर गर्न जरुरि छ ।
तथ्यांकगत रुपमा हेर्दा सन २०२०मा नेपाल सरकार को तर्फदेखि प्रराष्ट्र मन्रालय तथा अन्तराष्ट्रिय श्रम तथा रोजगार विभागका तत्कालिन संबन्न्धित निकायका ब्यक्तित्व रामेस्वरराय यादव र दिनेस केसि को नेतृत्वमा पब्लिक भएको रिपोर्ट अनुसार सन १९९३/९४मा अन्तराष्ट्रिय श्रम स्वीकृति लिने नेपालिको संख्या ३ हजार ६ सय ५ थियो । त्यसै गरि सन २००३/४ मा त्यो संख्या बढेर १ लाख ६ हजार ६ सय ६० पुग्यो । यहि समयमा एन आर एन ए को स्थापना भएको थियो । अन्तराष्ट्रिय श्रम स्विकृति लिनेको संख्या सन २०१३/१४ मा आईपुग्दा ५लाख १९ हजार ६सय ३८ पुगेको थियो भने पछिल्लो तथ्यांक लाई अध्ययन गर्दा सन २०१७/१८मा यो संख्या घटेर ३लाख ५४ हजार ९८ र सन २०१८/१९मा यो संख्या अझै घटेर २लाख ३६ हजार २ सय ८ पुगेको थियो । यो माथिको तथ्यांकले पनि के देखाउछ भने पछिल्लो समय नेपाली हरु एनआरएन हुन चाहदैनन् अझ भनौ प्रदेशिन चाहदैनन् । नेपाल मै केहि गर्ने र जिबिको पार्जन परिवार संगै दैनिकि चलाउनेको संख्या बढेको थियो । २०१९ देखि २३ सम्मका तथ्यांक हेर्नेहो भने प्रदेशिनेको संख्या ह्वात्तै बढेको छ ।
आफ्नो परिबार संगै रमाउदै जिवन शैलि सहज बनाउन अहिले स्टिल प्रदेशमा रहेका नेपालीहरुको चाहाना हो । त्यसैले प्रदेशियका नेपालीलाई स्वदेश मै रोजगारि शिर्जना गर्दै दिर्घकालिन योजनाकालागि नेपाल सरकार सॅंग समन्वय गरि केहि नयां कामको थालनी गरेको हेर्ने चाहना छ । अर्को तर्फ सन २०२०मा प्रकाशित नेपाल सरकारका बिभिन्न रिपोर्टलाई आधार मान्ने हो भने १८ बर्ष देखि ३५ बर्ष उमेरका युवाहरु प्रदेश पलायन भएका छन् । त्यस मध्ये २०१८ मा ५९ % र २०१९मा ६४% युवा दक्ष कामदारको सुचिमा पर्दैनन् । काम गर्न नजाने पछि मिस्टेक हुन्छ नै हुन्छ । त्यो मिस्टेकले कि त ज्यान लिन्छ कि त जेल लान्छ । उदाहरणको लागि ड्राईभिंग नै नसिकेको मान्छेलाई गाडिको चापि दियो भने के होला ? कुरा प्रष्ट नै छ । हरेक बिकसित देशले शैक्षिक जनशक्तिलाई बिभिन्न भिषामा तानिरहेको छ । त्यसरि यकातिर शैक्षिक जनशक्ति पलायन हुदै जादा दिर्घकालमा देशलाई ठुलो घाटा पुग्ने देखिन्छ । दक्ष जनशक्ति बिकसित मुलुकमा र दक्ष नभयका जनशक्ति कम बिकसित मुलकमा पलायन हुदै गर्दा अर्थात एनआरएन बन्दै गर्दा भबिष्यमा रिजल्ट नराम्रै आउने हो ।गांउघरमा एतिबेला हरेक घरबाट कुनै न कुनै सदस्य देश बाहिर छन् । गांउघरमा छन त केवल बुढाबुढि र केटाकेटि मात्रै ।
एनआरएनएले देबघाटमा बृद्धआश्रम त बनायो त्यो राम्रो काम हो । तर अब दिर्घकालको लागि पनि के त्यो नै समाधान हो त ? जन्म दिएका बाबा आमासंगै बसेर बुढा बुढि र केटा केटिको साहारा प्रत्यक्ष आफ्नै सन्तान हुन सक्ने किसिमको योजना संस्थाले गर्यो भने त्यो अझ प्रभावकारि र दिर्घकालिन समस्या समाधानको पक्ष बन्ने छ ।
एनआरअनए प्रदेशमा रहेर प्रदेशिने र प्रदेशमा भएका नेपालीको लागि काम गर्ने संस्था भएकोले यो बिषयमा दिर्घकालिन योजनाकासाथ काम गरेको हेर्ने चाहाना छ ।
यति भन्दै गर्दा एनआरएनएले गरेका बिद्यार्थिलाई छात्रवृदि, भुकम्पको समयमा गरेको योगदान, बाढि पहिरो आगलागि जस्ता प्राकृतिक प्रकोपका बेला गरेका आर्थिक सहयोग, बालबालिका, महिला तथा पिछडियको वर्गलाई लक्षित गरि गरियको बिभिन्न कार्यक्रम लगायलका राम्रा कामलाई बिर्सन मिल्दैन । समग्रमा प्रदेशियका नेपालीको आकडा हेर्दा संस्थामा २०% नेपालीको पनि सहभागिता नजनाउनु संस्था प्रतिको विस्वसनियता नहुनु हो भनेर बुझ्न सकिन्छ । खुसि खोज्ने यात्रामा प्रदेशियका नेपाली झन दुख र समस्याको जन्जालमा परि विभिन्न कारणले आत्महत्या सम्म गर्न पुगेका घटना बढिरहेका छन् । यस तर्फ पनि एनआरएनएको ध्यान जानु जरुरि छ ।
नेपाली समुदायले अब एनआरएनहरूलाई हर्ने दृष्टिकोणमा परिवर्तन ल्याउनु जरुरी छ । संस्थाले प्रदेशमा नेपालीको मृत्यु पछि लाश स्वदेश पठाउने पहल हैन ज्यान जोगाउन गर्नु पर्ने अतिआवस्यक कदम चालेको हेर्न र त्यसैमा सहयोग गर्ने चाहाना सायद मेरो मात्र होईन होला । यसका लागि संस्थाले त्यो किसिमको वातावरण बनाउनु पर्छ । एनआरएनहरु उद्योगि , धनी, सम्पन्न वा विश्वका सम्पन्न मुलुकबाट मात्र आएका हुँदैनन् भनेर प्रमाणित गर्दै अरब, मलेसिया वा कम विकसित मुलुकमा बसेर आफ्नो पसिना बगाउने बहुसंख्यक नेपाली वर्गको पनि समान अस्थित्व छ भन्ने भनुभुति गराउदै त्यो वर्गलाई एनआरएनको परिभाषाको बक्ररेखा भित्र ल्याउनु पर्छ । तर, वास्तविक एनआरएनए बनाउन जुन सोंच, चेतना र एजेण्डाहरूको जरुरी छ, त्यस्ता एजेण्डा ल्याउने नेतृत्वको अभाव भइरहेको छ । ती समस्याको सम्बोधन हुनका लागि तिनै मानिसहरूबाट यस संगठनको नेतृत्वमा पहुँच पुयाउनु जरुरी हुन्छ ।समस्याहरु जहाँ पनि हुन्छन् । समस्या समाधानका लागि सम्बोधन गरिएनन् भने यस्ता समस्याहरू अझै आउनेछन् । यस्ता समस्याहरूको समाधान बेलैमा गरिनुपर्छ । यस्ता कुरामा हरेक चुनावका नयाँ नेतृत्व सजग भएर काम गरेको हेर्ने चाहाना छ ।
गैरआवासीय नेपाली सङ्घ दक्षिण एसियाली मुलुक बाहेकका मुलुकमा रहेका नेपाली नागरिक तथा नेपाली मूलका विदेशी नागरिक अटाउन सक्ने गैर आवासिय नेपालीहरुको अन्तर्राष्ट्रिय सञ्जाल हो। हालसम्म ८० भन्दा धेरै देशमा यसका राष्ट्रिय समन्वय परिसदहरु विस्तारित भएका छन् । यसको केन्द्रीय कार्यकारी संरचना भने अन्तराष्ट्रिय समन्वय परिसद नै हो, जुन अन्तर्राष्ट्रिय महाधिवेशनबाट पारित नीति र कार्यक्रमहरूलाई कार्यान्वयन गर्नको लागि निर्वाचित हुन्छ । हरेक दुई वर्षमा राष्ट्रिय समन्वय परिषद्को महाधिवेशनबाट छानिएर आएका प्रतिनिधिहरूको महाधिवशेनबाट यसका प्रमुख पदहरु निर्वाचित हुन्छन्। सदस्यहरू भने राष्ट्रिय महाधिवेशनहरूले नै निर्वाचित गरेर पठाउँछन् । निर्वाचन पछिका टिकाटिप्पणिका सामना गर्नु भन्दा पनि कस्तो ब्यक्ति छनौट गर्ने भन्ने बिषयमा सबै उदेश्य मिट हुने गरि एउटा क्राईट एरिया (परिधि )बनाउनु पर्छ ।
संस्थापक अध्यक्ष डा.उपेन्द्र महतो लगायत त्यस पछि नेतृत्वमा पुग्नु भएका देवमान हिराचन, जिवा लामिछाने ,शेष घले , भवन भट्ट हुदै अहिले सम्म आई पुग्दा के साच्चै एनआरएनएको आदर्श वाक्य नेपालीका लागी नेपाली हुन सकेको छ त ? मुल्यांकन गर्ने बेला आएको छ । अग्रज हरुले गरेका राम्रा उदाहरणिय कामको अनुसरण गर्दै र बिग्रियका ट्रुटिहरु सच्चाउदै जानु पर्ने आजको नेतृत्वको मुल उदेश्य हुनु जरुरि छ । उदाहरणको लागि भनौ जापानमा झन्डै एक लाख ५० हजार नजिक नेपालीहरु बसोबास गर्छन तर किन एनआरएनएको सदस्यता जम्मा ७ हजार मात्रैले लिय त ! अन्य देशमा संस्थाको तथ्यांक हेर्दा पनि अबस्था उस्तै छ । यसले पनि यो पुष्टि गर्छ कि संस्था प्रति व्यक्तिको विस्वास टुटेको छ । टुटेको र फुटेको त्यो विस्वास लाई जित्दै सबैलाई मेरो संस्था हो भन्ने अनुभुति दिलाउदै आफै संस्थामा आबध्द हुने बातावरण बनाउन सक्यो भने एनआरएनए सबैको मन मनमा बस्न सक्ने छ । जसरि बिरामि पर्दा मानिस अस्पताल धाउछ त्यसै गरि प्रदेशमा समस्या र खुसिका क्षणमा सुख दुख साटासाट गर्न संस्थासंग दोहोरो सम्पर्कमा रहन उत्प्रेरणा जाग्ने किसिमको बातावरण बनेको हेर्ने चाहाना छ ।
विकसित राष्ट्रमा आएर बसेका हामी नेपालीले यहाँका राम्रा राजनीतिक, सामाजिक संस्कार सिक्नुको साटो फोहोरी क्रियाकलापलाई बढावा त दिइरहेका छैनौं ? यो अहिलेको विदेशिएको पहिलो पुस्तामाथि उठ्ने एउटा गम्भिर प्रश्न हो ।छिमेकिले पांच तले घर बनायो भने उसको घरको झ्याल ढोका फोर्ने हैन कि कसरि त्यो प्रगति गर्यो भनेर सिक्नु जरुरि छ । नेपाली समुदायले पनि संस्था गलत होईन संस्थालाई केहि भ्रष्ट व्यक्तिले गलत बनाएका हुन भन्ने बुझ्न जरुरि छ ।
यस अघिको NRNAको बिधान नै संसोधन गरि निर्वाचनमा ३ जनाको नेतृत्व तथा आलो पालो पद बहालीको निर्णय कत्तिको बैज्ञानिक कि पदका लागि भएको खिचातानीको नतिजा त्यो मुल्यांकन तपाईपाठक कै जिम्मामा ।
अत सामाजिक संजालका ट्रोट र फेक आईडिले फैलाएको गलत अतिरन्जित प्रचारका पछाडि डौडिनुको साटो संबन्धित पक्षसंग खास कुरा नबुझ्नु बुझ्न नखोज्नुले पनि एनआरएनए तथा अन्य संघसंस्था तथा ग्रुप हरु पब्लिकको सामु नराम्रो जस्तो देखिएका छन् । युबा पिडिले सामाजिक संजालको दुरुपयोग गर्ने केहि त्यस्ता जमातलाई निरुत्साहित गर्दै सफा समाज निर्माण गर्न भुमिका निर्बाह गर्नु पर्दछ । तथ्यमा आधारिक सत्य एकातिर गलत प्रचार बाजि अर्को तिर हुनु र त्यहि गलत कुरालाई अतिरन्जित पारिनुले समग्र नेपाली समुदाय नै प्रभाबित बनेको छ । समाजमा भएका यस्ता खाले नेगेटिभिटिलाई हटाउन अबको एनआरएनएले पोजेटिभ भ्वईप्सको लागि प्रमुख काम गरेको हेर्ने चाहना छ । यस्तो प्रवृत्तिलाई रोक्न र राजनीतिबाट मुक्त, स्वच्छ समाजसेवाप्रति अग्रसर भएर लाग्न सक्ने नेतृत्वको आवश्यकता छ । विदेशमा रहेका नेपाली र नेपाली मूलका विदेशी नागरिकको ज्ञान, सीप, प्रविधि र पुंजिको परिचालन गर्दै अगाडि बढ्न सक्यो भने ब्यक्ति, संस्था, समाज र समग्र देशलाई नै फाईदा पुग्ने छ ।
नारायण पोखरेल
धुर्कोट गांउपालिका ४ जैसिथोक
रौताडि , गुल्मी
हाल टोकियो
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




