टोकियो/जापान। गैरआवासीय नेपाली संघ (एनआरएनए)जापान नयाँ कार्यसमिति २०२३-२५ चयनका लागि आईतबार अनलाईन भोटिंग मार्फत निर्वाचन हुदैछ।

निर्वाचन समिति संयोजक डम्बरराज पौडेलका अनुसार अनलाईन भोटिङ्गका लागि सबै तयारी पुरा भएको छ। अनलाईन भोटिगं प्रणाली “भेरो भोटिङ्ग प्रणाली” मार्फत पहिलो पटक हुन लागेको निर्वाचनमा फेस भेरिफिकेशनबाट मतदाताले आफ्नो मतदान प्रयोग गर्न पाउने छन् । एनआरएनए जापानले निर्धारित समयमा तोकिएको मापदण्ड पुरागरि प्रमाणीत भएका ७१६८ जनाले विभिन्न पदका २२ जनालाई चयन गर्ने छन्।

अमेरिका अस्ट्रेलिया लागायतका देशमा सफलता पुर्बक प्रयोग भईसकेको भेरो भोटिङ्ग प्रणालीमा सबै भन्दा धेरै सहभागिता जनाएकोले यसपटक जापानमा समेत यसले राम्रो प्रभाव पार्ने अपेक्षा गरिएको छ।
बिहान १० बजे बाट सुरु हुन गईरहेको निर्वाचन बेलुका ७ बजे समापन हुनेछ भने लगतै परिणाम सार्वजनिक गरिने निर्वाचन समितिका संयोजक पौडेलले जानकारी दिए।

जापान यस प्रकारको भोटिङ सिस्टम पहिलो पटक प्रयोग गरिँदैछ। यस अघि ट्रायल भोटिङ हुने भनिएता पनि ट्रायल नगरि सिँधै भोटिङमा जान लागिएको बुझिएको छ। यसले गर्दा भोटिङमा समस्या आउनसक्ने भन्दै सरोकारवालाहरुले आवाज उठाउरहेका छन् ।

निर्वाचन समितिद्वारा प्राप्त भोटिङ गर्ने जानकारी यस्तो छ । डिटेल यो भिडियोमा हेर्नुहोला (लिंक सहित)

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार