टोकियो/जापान। आज (जुलाई ३० तारिख)पनि जापानको सबैजसो स्थानमा उच्च गर्मी कायम हुनेछ।

मौसम विज्ञान एजेन्सीका अनुसार आज जापानभर घाम लाग्ने र उच्च गर्मी हुनेछ। आज खतरनाक तापक्रम ३९ डिग्रीसम्म पुग्ने अनुमान गरिएको छ । मौसम विज्ञान एजेन्सीले चेतावनी सहित भनेको छ-“कृपया वातानुकूलित उपकरणहरू उचित रूपमा प्रयोग गर्न जारी राख्नुहोस्, र हिट स्ट्रोक हुनबाट जोगिन अत्यन्त सतर्क रहनुहोस्”

कोफु शहर,कुमागाया तथा साईतामा प्रिफेक्चरमा ३९ डिग्री,
क्योटो, माइबाशी, फुकुशिमा र इवाते प्रिफेक्चरको इचिनोसेकीमा ३८ डिग्रीसम्मको उच्च तापक्रम कायम हुने पूर्वानुमान गरिएको छ।त्यसैले गर्मीबाट हुनसक्ने बिरामी (हिट स्ट्रोक)बाट बच्न सबैलाई आग्रह गरिएको छ।

जापानको मौसम विज्ञान एजेन्सी तथा वातावरण मन्त्रालयले आओमोरी, इवाते, मियागी,यामागाता, फुकुसिमा, इबाराकी, तोचिगी, गुन्मा, साइतामा, चिबा, टोकियो र कानागावा प्रिफेक्चरहरुमा हिट स्ट्रोकको जोखिम उल्लेखनीय रूपमा बढ्ने घोषणा गरेको छ।

आज,नागानो प्रिफेक्चर, शिजुओका प्रिफेक्चर, आइची प्रिफेक्चर, मिए प्रिफेक्चर, निगाता प्रिफेक्चर,तोयामा प्रिफेक्चर, इशिकावा प्रिफेक्चर, फुकुई प्रिफेक्चर, शिगा प्रिफेक्चर, क्योतो प्रिफेक्चर, ओसाका प्रिफेक्चर, ह्योगो प्रिफेक्चर, वाकायामा प्रिफेक्चर, प्रिफेक्चर हिरोशिमा,तोकुसिमा, कागावा, एहिमे, यामागुची, फुकुओका, नागासाकी, कुमामोतो, कागोशिमा (अमामी क्षेत्र बाहेक), र ओकिनावाको मुख्य टापु क्षेत्रमा गर्मीको चेतावनी जारी गरिएको छ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार