फुकुओका/जापान। जापानको फुकुओकामा एक जना नेपाली युवतीले आफ्नो परिवारसंग भिडियो कल गर्दै आत्महत्याको बाटो रोजेकी छिन् । सोमबार साँझ परिवार(दिदी र बुबा)संग भिडियो कलमा कुरा हुँदा/हुँदै आफ्नै कोठामा झुण्डिएको भन्दै,परिवारले उदारका लागि आग्रह गरेका थिए।
नेपालको दोलखा स्थायी घर भइ अघिल्लो वर्षमात्रै विद्यार्थी भिसामा जापान आइपुगेकी २० वर्ष उमेर समुहकी रबिना बुढाथोकीले आफ्नै परिवारसंग भिडियो कलमा कुरा गर्दा/गर्दै कोठामै झुण्डिएको कोरियामा रहेकी उनकी दिदिले नेपालन्युजपोस्टलाई जानकारी गराएकी थिइन्।
घट्नाबारे थाह पाए पश्चात फुकुओकामा रहेका नेपालीहरु मार्फत तुरुन्त उद्धारको प्रयास गरिएको भएतापनि,कोठाको ढोकामा चुकुल लगाईएको अवस्था भएकाले प्रहरी घटनास्थलमा पुगुन्जेल प्रतिक्षा गर्नुपर्दा केहि समय ढिला भएता पनि,उलाई प्रहरीले उद्दार गरि अस्पत्ताल लगेको थियो।
जिवित रहने सम्भावना कम भएतापनि अस्पत्तालले सघन उपचारकक्षमा राखी,जिवन बचाउने प्रयास गरेको तर सम्भव नभएको र अस्पत्ताल लगिएको केहि समयमा मृत घोषणा गरिएको बताईएको छ।
जापानमा पछिल्ला केहि वर्षयता,नेपाली समुदायमा यस्ता अप्रत्यासित दुखद घटनाहरु बढ्दै गएको छ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन
- जापानमा बसोबास गर्ने विदेशीको संख्या ४२ लाख ८१ हजार नाघ्यो, हालसम्मकै उच्च रेकर्ड
- जापानको हिमेजीमा नोभेम्बर ८ मा देउसी–भैलोसहित बृहत् सांस्कृतिक कार्यक्रम हुँदै
- अन्तर्राष्ट्रिय धादिङ समाजको चौथो महाधिवेशनको तयारी पूरा, धादिङबेँसीमा भोलि हुँदै
- जापानको टोकियो मात्रै होइन, गाउँगाउँमा पनि बढ्दै विदेशीको बसोबास
- जापानमा ब्लु ब्वाइज युनियनले ‘पुस्तक पढौँ अभियान’ सुरु गर्दै
- क्योटोमा नेपाली कलाको चिनो : संरक्षणको पर्खाइमा नेपाल मैत्री भवन
- जापानभर नेपाली सामान घरमै मगाउन सकिने, सुलभ मार्टको अनलाइन सेवा सुरु
- टोकियोमा ‘पेन्सनपट्टा’का दुई शो हाउसफुल, दर्शकको मागपछि तेस्रो शो थप




