टोकियो/जापान । गैरआवासीय नेपाली संघ एनआरएनए एसिया प्यासिफिक संयोजक पदमा आगामी कार्यकाल(सन २०२३-०२५)को लागि एनआरएनए जापानका निवर्तमान अध्यक्ष शिवप्रसाद पौडेलले उम्मेद्वारी दिने घोषणा गरेका छन्।

जापानको राजधानी टोकियोमा नेपालीको पहिलो रियल स्टेट व्यवसाय -ग्लोबल होमनेटवर्क कम्पनी संचालन गर्दै आएका पौडेल एनआरएनए जापानको इतिहासमै विषम परिस्थितिमा नेतृत्व सम्माहाली उल्लेख्य सकारात्मक कार्यहरु सहित सफल र विवादरहित नेतृत्व हस्तान्तरण गर्ने सक्षम अध्यक्षकारुपमा छवी बनाउन सफल भएका छन् ।

राष्ट्रिय समन्वय परिषदको अनुभव र आफ्नो नेतृत्व क्षमतालाई उपयोग गर्दै गैरआवासीय नेपालीहरुको हितमा काम गर्न,आगामी २०२३(२०२५ कार्यकालका लागि एनआरएनए एसिया संयोजकमा उम्मेदवारी दिन लागेको पौडेलले नेपालन्युजपोस्टसंग बताए।

कोभिड महामारी,संस्थागत विवाद, लगायतका कठिन परिस्थितिमा एनआरएनए जापानलाई सफल रुपमा अवतरण गराएर नेतृत्व हस्तान्तरण गराएकोमा सबैबाट प्रसंसा पाएका पौडेलले अब फरक क्षेत्रमा फरक भूमिकाका साथ काम गर्ने लक्ष्य र योजनाका साथ आफुले २०२३-२०२५ कार्यकालका लागि एसिया संयोजकमा उम्मेदारी दिने योजना बनाएको बताए।

पौडेल आफु एसिया प्यासेफिक क्षेत्रको संयोजकमा चुनिएँ,एशियाका क्षेत्रका देशहरुसँग मिलेर केहि फरक, नविन र परिणाममुखी काम गर्ने लक्ष्य रहेको बताउँछन् । उम्मेदवारी घोषणासँगै छिट्टै आफ्ना योजना, प्रतिबद्धताहरु सार्वजनिक गर्ने योजनामा रहेको बताउँदै विगतमा जस्तै आगामी दिनहरुमा पनि जापान सहित एशिया क्षेत्रका सबै मुलुकका गैरआवासीय नेपालीहरुबाट साथ र सहयोग रहेको बताउँछन् ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार