ओसाका/जापान।कान्साई क्षेत्र बाट प्रतिनिधित्व गर्दै NRNA जापानमा निर्वाचित हुनु भएका र एनआरएनए कान्साई कार्यसमिती लाई बधाई एवम शुभकामना कार्यक्रम अगस्ट २४ बिहीवारका दिन ओसाकामा सम्पन्न भएको छ।

नवलपुर समाज कान्साइका संयोजक राम प्रसाद खरेलको अध्यक्षता र सचिव समुन्द्र पौडेलले सन्चालन गरेको कार्यक्रममा प्रमुख अतिथी एनआरएनए आईसिसी पुर्व सदस्य तुल्सीराम खरेल, अतिथी हरुमा समाजसेवी आत्मराम गैरे,नेसाजका पुर्व अध्यक्ष एव एनआरएनए जापानका निवर्तमान सल्लाहाकार कृष्ण भुसाल, एनआरएनए जापान केन्द्रिय सदस्य दिलिप शर्मा, एनआरएनए कान्साई संयोजक हरी प्रसाद कंडेल, नवलपुर समाज जापानका अध्यक्ष मुक्तिराम खरेल लगाएतले शुभकामना ब्यक्त गर्दै एनआरएनए जापान र सबै सामाजिक संघसस्था हरुले सहकार्य गर्दै नेपाल र नेपालीको हितमा काम गर्न प्रभावकारी भूमिका निभाउनु पर्ने धारणा ब्यक्त गरेका थिए।

कान्साईबाट एनआरएनए जापानको उपाध्यक्ष कृष्ण गैरे,सचिव दिलिप कंडेल केन्द्रिय सदस्यमा दिलिप शर्मा गैरे र बिष्णु सापकोटा रहेका छन् भने कान्साई क्षेत्रीय समितीमा हरी प्रसाद कंडेलको सम्योजकत्वमा कार्यसमिती रहेको छ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार