टोकियो/जापान। एनआरएनए जापानले जापानमा रहेका संघ संस्था र सरोकारवाला निकायसँग, सेप्टम्बर १० तारिक वृहत अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ ।

टोकियोको शिनओकुबो स्थित सोलमारी मुरा हलमा नेपाली दूतावास, एनआरएनए जापान र जापानमा रहेका क्रियाशिल संघ-संस्थाहरुसंग सहयोग तथा सेवा प्रदानमा एकरूपता ल्याउने उद्देश्यले साझा योजना तय गर्न,संघसंस्थाहरुसंग वृहत अन्तरक्रिया गर्न लागिएको कार्यक्रम संयोजक, एनआरएनए जापानका उपाध्यक्ष सिद्धार्थ श्रेष्ठले बताए ।

“जापानमा क्रियाशील संघ-संस्थाका व्यक्तिहरुसंग बसेर,हाम्रो समुदायका सामूहिक आवश्यकताहरुमा सामूहिकरुपमा गर्न सकिने आपसी सहकार्य र समन्वयका लागि यो अन्तर्क्रिया आयोजना गरेका हौँ”एनआरएनए जापानका अध्यक्ष नबिन निउरेले नेपालन्युजपोस्टसंग भने।

एनआरएनए जापान र जापानमा क्रियाशिल संघ संस्थाबाट नेपाली समुदायले अपेक्षा गरेको सेवा र सहयोगलाई कसरी पहुँच योग्य, छारितो र विश्वसनीय बनाउन सकिन्छ भन्ने बारेमा छलफल केन्द्रित रहने भएकोले जापानस्थित सम्पूर्ण सरोकारवाला निकाय तथा संघ संस्थाहरुमा सम्बद्ध व्यक्तित्वहरूलाई उपस्थित भइदिन आयोजक संस्थाले आग्रह गरेको छ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार