टोकियो/जापान।कर्मथलो जापानबाट निरन्तर नेपाली लोक सांगितिक क्षेत्रको श्रीवृद्धिमा क्रियाशिल गायक तथा सर्जक समुन्द्रराज पौडेलले”लैजाउ,लैजाउ”बोलको तीज गित सार्वजनिक गरेका छन् ।यस पटकको तीज लक्षित समुन्द्रराजको दोस्रो सौगात हो ।

“लैजाउ लैजाउ”बोलको गीतमा समुन्द्रराज र गायिका समिक्षा अधिकारी स्वर रहेको छ। यस गीतमा संगित तथा थेगो भने स्वयम गायक समुद्रराजकै रहेको छ भने संगित संयोजन तथा शब्द रचना भने राजन कार्कीले गरेका छन् ।

होम गुरुङको निर्देशन तथा कोरियोग्राफीमा बनेको गीतको म्युजिक भिडियोमा चर्चित मोडल नारायणी खत्री तथा सुमन केसीको आकर्षक नृत्य तथा अभिनय रहेको छ। गीत गायक पौडेलको आफ्नै युट्युव च्यानल –समुन्द्रराज पौडल मार्फत सार्वजनिक गरेका छन् ।

स्याङ्जामा जन्मिएका गायक पौडेल,बिक्रम सम्बत २०७२ साल देखि जापानमा रहँदै आएका छन् । सानै उमेरदेखिनै गितसंगितमा सक्रिय पौडेल हाल,जापानमै रहेर नेपाली लोकगीत/संगितको श्रीवृद्धिमा निरन्तर सक्रिय रहँदै आएका छन् । उनले,यस अघि यसैवर्ष -“करिमैले”बोलको तीज गीत तथा “हत्यारा”,”जापानले नी धोको पुर्यायो”लगायतका सांगितिक सिर्जनाहरु सार्वजनिक गरिसकेका छन् ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार