टोकियो/जापान। गैरआवासीय नेपाली संघ जापानको कार्यकाल(सन २०२३-२५ )लाई लक्षित गरि खुला गरिएको सदस्यता आवेदन दिँदा प्राविधिक कारणले सदस्यता प्रमाणित नभएका आवेदकहरुबाट प्राप्त शुल्क सम्बन्धित व्यक्तिलाई फिर्ता गरिदिन निवर्तमान कार्यसमितिका उपाध्यक्ष राजकुमार अधिकारीले वर्तमान कार्यसमितिलाई औपचारिक अनुरोध गरेका छन्।
अधिकारीले,यहि सेप्टेम्बर ५ तारिख केन्द्रीय कार्यसमिति समक्ष,एनआरएनए जापानका पेन्डिङ सदस्यहरुद्वारा जम्मा गरिएको सदस्यता शुल्क फिर्ता गरिदिन अनुरोध गर्दै पत्र मार्फत जानकारी गराएको नेपालन्युजपोस्टलाई बताए।
अधिकारीले केन्द्रीय समितिलाई पठाएको पत्र जस्ताको तस्तै

एनआरएनए जापानले सदस्यता आवेदन दिँदा तोकिएको शुल्क बैंक खातामा जम्मा गरेको रसिद अनिवार्य पेश गर्नुपर्ने नियम बनाउने गरेतापनि अस्वीकृत सदस्यहरुद्वारा प्राप्त शुल्क फिर्ता नगर्ने बिगतदेखि कै गुनासो रहँदै आएको छ ।
अघिल्लो कार्यसमितिले सदस्यता प्रमाणित सम्पन्न भएसंगै अस्वीकृतहरुबाट प्राप्त शुल्क फिर्ता गराउनुपर्ने भएपनि,नयाँ कार्यसमितिले जिम्मेवारी सम्हालेको १ महिना भइसक्दा पनि शुल्क फिर्ताबारे कतै छलफल नै नभएको कार्यसमिति भित्रैका एक पदाधिकारीले नेपालन्युजपोस्टलाई बताए ।
हामीले निवर्तमान कार्यसमितिका महासचिव तथा वर्तमान कार्यसमितिका उपाध्यक्ष सिद्धार्थ श्रेष्ठलाई प्रमाणित नभएका सदस्य आवेदकहरुको शुल्क फिर्ताबारे धारणा बुझेका थियौँ । उपाध्यक्ष श्रेष्ठले भने -“हामीलाई सदस्यता प्रमाणित सकिएसंगै त्यस सिस्टमबाट आईसिसिले हटाईदिइसकेको थियो।लगभग ११ हजार जति आवेदन परेका थिए। त्यस मध्ये ७ हजार १ सय ६८ जनाको प्रमाणित भएको छ। प्रमाणित नहुनेहरु मध्ये धेरैको आवश्यक शुल्क जम्मा नभएकै कारण अस्वीकृत भएकाहरु पनि छन्। र कतिपयले एउटै रसिद धेरै आवेदनहरुमा राखेका पनि थिए।तर वास्तविक रुपमा कति जनाको अस्वीकृत भयो ? कारण के के थिए ? लगायतका विषयमा हेर्न र बुझ्न अहिले एनसिसिसंग त्यस सिस्टममा एक्सेस नै छैन। त्यसैले साँच्चै आफैले शुल्क जम्मा गरेर पनि सदस्यता प्रमाणित नभएकाहरुले अब आईसिसि मार्फत पहल गरेमा फिर्ता हुनसक्ला ।”

एनआरएनए जापानले यसरी प्राविधिक कारण देखाई प्रमाणित नगरिएका सदस्य आवेदकहरुको शुल्क विगतका वर्षहरुमा समेत फिर्ता नगरेको एक पुराना एनआरएनए अभियन्ताले बताए ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




